Logo

Student Corner

Articles

आलु
- Siddhartha Malla - 2029038, G ... 28 December, 2020

आलु एक प्रकारको तरकारी हो । आलु  विभिन्न  थरीका हुन्छन् । आलु प्राय लाम्चो र डल्लाे आकारका हुन्छन् । आलुका रङ  पनि फरक फरक हुन्छन् । आलु राताे, सेताे, हरियाे आदि रङमा हुन्छन् । आलुलाई जुनसुकै तरकारीमा मिसाएर पकाउन सकिन्छ । आलु तरकारीको राजा पनि हो । आलुको बाेक्रा हुन्छ । हामी आलुलाई उसिनेर, तारेर र अचार बनाएर खान सक्छौँ । आलुमा भिटामिन  हुन्छ । आलुमा प्रशस्त रूपमा कार्बाेहाइड्रेड पाइन्छ । हाम्रो समाजमा आलु धेरै  चलन चल्तीमा आउने तरकारी हो । त्यसैले मानिसहरूले यसलाई हेला गरेर पनि बोल्छन् र ‘आलु खाएर पेडाको धाक’ भन्ने उखान पनि हामीले  सुनेका छाैँ । तर आलु नभई हाम्रो भान्सा अधुरो नै रहन्छ । आलु बच्चा केटाकेटी सबैलाई मन पर्ने तरकारी हाे । आलु धेरै खानाले शरीरलाइ हानी पनि हुन सक्छ । आलुकाे अत्याधिक सेवनले  हाम्राे शरीरकाे रगतमा चिनी देखिन सक्छ ।


Read More
दसैँ
- Sushant Pokhrel - 2031021, Gr ... 27 December, 2020

दसैँ आयो, दसैँ आयो, भन्छन सबैतिर 

कोरोनाको डर भयो, जानुहुन्न कतैतिर 

यसपालि त कोरोनाले, संसार नै ढाक्यो 

साना  ठुला सबैलाई, घर घरमै  राख्यो । 

 

नयाँ लुगा पिङसँगै, हुन्छ कति रमाइलो 

आफन्त को भेटघाट, हुने दिन घमाइलो 

निधारमा  रातो टीका,सँगै कानमा जमरा 

रङ्गीचङ्गी फूलैभरि, नाच्छन् भमरा । 

 

अक्षता र जमराको चाड, देवी दुर्गा भवानी 

रक्षा गर सबैको नै, कुनै दु:ख  नमानी 

दसैं हाम्रो ठुलो चाड, हाँसी खुसी मनाऔँ 

जान हुन्न कतैपनि, आफ्नै घरमा रमाऔँ ।

 

बसौँ आफ्नै ठाउँमा, खुसी भई सबै जना

स्वास्थ्य रहे फेरि आउँछ, दसैँ घर घरमा   

दसैँ आयो, दसैँ आयो, भन्छन् सबैतिर 

कोरोनाको डर भयो, जानुहुन्न कतैतिर


Read More