Logo

Student Corner

यसपालिको दसैँ

Written by: Samriddhi Shahi - 2030036, Grade II

Posted on: 29 December, 2020

गत वर्षजस्तै यो वर्ष पनि दसैँ आयो तर यो वर्षको दसैँ त्यति रमाइलो भएन कोराेनाकाे कारणले गर्दा यस वर्ष धेरै ठाउँमा टीका लाउन जान पाइएन सुरूकाे दिन घटस्थापनामा आमाले घरमा जमरा राख्नुभयो । आठौँ दिन अर्थात् महाअष्टमीको दिन आमाले घरमा भाेज तयार गर्नुभयो र सबै परिवारका सदस्य मिलेर भोज खायौँ । नवमीको दिन घरमा बाबाको बाइक माेटरसाइकललाई पूजा गरियो । विजयादशमीको दिन बुबाकाे हातबाट हामीले टीका लगायौँ । त्यसपछि मामाघर टीका लगाउन गयौँ । त्यहाँ म मेरा भाइ बहिनीहरूसँग मिलेर धेरै खेलेँ । यसवर्षको दसैँ हाम्रो यसरी नै बित्यो ।