Logo

Student Corner

Articles

बजार
- Joyana Thapa - 2030015, Grade ... 19 January, 2021

हामी सबैलाई बजारको बारेमा थाहा नै छ । हामीलाई चाहिने सामानहरू बेच्न र किन्न राखिएको ठाउँलाई हामी बजार भन्दछौँ । बजारमा विभिन्न वस्तुहरू जस्तै खानेकुरा साग, सब्जी, लुगा, कपडा, फलफूल आदि धेरै कुराहरू किन्न र बेच्न राखिएका हुन्छन् । किन्ने मानिसले त्यस बजारमा गएर आफूलाई चाहिने सामानहरू किन्छन् । बेच्ने मानिसहरूले पनि त्यस बजारमा सामानहरू बेचेर आम्दानी गर्छन् । सामान किन्ने र बेच्नेबाट मानिसहरूले आफ्ना आवश्यकता पूरा गर्छन् । बजार ठाउँअनुसार साना र ठूला हुन्छन् । सहरमा कुनै निश्चित ठाउँमा  सामानहरू सजिलै बेच्न र किन्न पाइन्छ । गाउँघरमा बजार हप्ताको एक दिन मात्र लाग्ने गर्दछ । त्यसलाई हाटबजार भन्दछन् । हाटबजारमा टाढा टाढाबाट मानिसहरूले आफूले उत्पादन गरेका अन्न, सागसब्जी, फलफूल आदि कुराहरु बेच्न ल्याउँछन् र अरू मानिसहरूले आवश्यकता पर्ने चिजहरू त्यस ठाउँमा गएर किन्छन् । हिजोआज ठुला ठुला सहरहरूमा ठुला डिपार्टमेन्ट  स्टोरहरू खुलेका छन् । त्यहाँ हरेक सरसामानहरू एउटै छानामुनि किन्न र बेच्न सकिन्छ ।


Read More
जन्मदिनको उपहार
- Rachit Bhattarai - 2030027, G ... 17 January, 2021

सातौँ जन्मदिनमा मेरो बुबाले मलाई साइकल उपहार दिनुभयो । साइकल हरियाे रङकाे  थियो । मेरी आमाले मलाई बत्ती बल्ने जुत्ता उपहार दिनुभयो । जुत्तामा धेरै रङका बत्तीहरू थिए । बत्तीहरू रातो, सेतो, हरियाे र निलो आदि बल्थे ।  जुत्ताका बत्तीहरू चार्ज गर्न पनि मिल्थ्यो । मलाई त्यो जुत्ता लगाएर बाहिर घुम्न जान रमाइलो लाग्छ । मलाई हजुरआमाले पनि  पिल्पिले घडी उपहार दिनुभयो । अब मलाई समय थाहा पाउन भित्ते घडी हेर्न नपर्ने भयो । यति धेरै उपहारहरू पाएर म त दङ्ग परेँ । मैले बुबाआमा  हजुरआमा सबैलाई धन्यवाद दिए । यसपालिको मेरो जन्मदिन धेरै रमाइलो भयो ।


Read More