Logo

Student Corner

मेरो देश मेरो गौरव

Written by: Aarika Jha - 2030003, Grade II

Posted on: 31 December, 2020

मेरो देशको नाम नेपाल हाे । मेरो देश मेरो गौरव हो । यहाँ बाह्र महिना नै खोलानालाहरू बग्छन् । नेपाल विश्वमा नै  जलस्रोतमा दोस्रो धनी देश हो । नेपालमा भगवान बुद्धको जन्म भएको हो । भगवान बुद्ध शान्तिका प्रतीक हुनुहुन्छ । नेपालमा सर्वोच्च शिखर सगरमाथा छ । नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । नेपाल घुम्न बर्सेनि थुप्रै पर्यटक आउँछन् । नेपाललाइ हिमाल, पहाड र तराई गरेर तीन भागमा विभाजन गरिएको छ । नेपाल सुन्दर र हरियाली भएको देश हो । त्यसैले मलाई नेपाली हुनुमा गौरव लाग्छ ।