Logo

Student Corner

दसैँ

Written by: Sushant Pokhrel - 2031021, Grade I

Posted on: 27 December, 2020

दसैँ आयो, दसैँ आयो, भन्छन सबैतिर 

कोरोनाको डर भयो, जानुहुन्न कतैतिर 

यसपालि त कोरोनाले, संसार नै ढाक्यो 

साना  ठुला सबैलाई, घर घरमै  राख्यो । 

 

नयाँ लुगा पिङसँगै, हुन्छ कति रमाइलो 

आफन्त को भेटघाट, हुने दिन घमाइलो 

निधारमा  रातो टीका,सँगै कानमा जमरा 

रङ्गीचङ्गी फूलैभरि, नाच्छन् भमरा । 

 

अक्षता र जमराको चाड, देवी दुर्गा भवानी 

रक्षा गर सबैको नै, कुनै दु:ख  नमानी 

दसैं हाम्रो ठुलो चाड, हाँसी खुसी मनाऔँ 

जान हुन्न कतैपनि, आफ्नै घरमा रमाऔँ ।

 

बसौँ आफ्नै ठाउँमा, खुसी भई सबै जना

स्वास्थ्य रहे फेरि आउँछ, दसैँ घर घरमा   

दसैँ आयो, दसैँ आयो, भन्छन् सबैतिर 

कोरोनाको डर भयो, जानुहुन्न कतैतिर