Logo

Student Corner

Articles

मेरो बिरालो
- Nitika Kapali - 2029019, Grad ... 25 January, 2021

मेरो घरमा एउटा बिरालो छ । बिरालोका दुईवटा आँखा र कान छन् । यसका चारवटा खुट्टा छन् । बिरालाका आँखा ठुला ठुला छन् । मेराे बिरालोकाे  नाम राेजी हाे । मैले नै यसको नाम राखिदिएकी हुँ । यसलाई मासुभात, खान मन पर्छ । यसलाई दूधभात पनि मन पर्छ । यस बिरालोको स्वभाव राम्रो छ । याे मेराे साथी जस्तै हो । मेराे वरिपरि घुमिरहन्छ । म बसेको ठाउँ, भान्सातिर आएर  लुटुपुटु पनि गर्छ । याे लुसुलुसु हिँड्छ । बिरालाको अनुहार हेर्दा याे सानो बाघ जस्तो देखिन्छ । मेरो छेउमा आएर सानो आवाजले म्याउँ म्याउँ गर्छ । यसले दूध पायो भने पनि खान्छ । बिरालाले मुसालाई पनि लखेट्छ । हाम्रो घरमा मुसालाई आउन दिँदैन । मेराे बिरालाे गुनिलो छ ।


Read More
राष्ट्रिय जनावर गाई
- Pasang Doma Sherpa - 2029022, ... 21 January, 2021

हाम्रो देश नेपालको राष्ट्रिय जनावर गाई हाे । गाई घरपालुवा जनावर हो । गाई बस्ने ठाउँलाई गोठ भनिन्छ । गाईले घाँस, पराल, भुस्सा आदि खान्छ । गाईका चारवटा खुट्टा हुन्छन् । यसका  दुईवटा  सिङ  र आँखा हुन्छन् । यसको एउटा लामो पुच्छर हुन्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाईले आफ्ना बच्चालाई चाट्छन् र दूध चुसाउँछन् । गाईले हामीलाई दूध दिन्छ । दूध हामीले दैनिक सेवन गर्दा पौष्टिक तत्व पाउँछाैँ र हाम्राे शरीरलाइ फाइदा हुन्छ । दूधले हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्ने गर्छन् । नेपालमा तिहारमा लक्ष्मी पूजाका दिन गाईको पनि पूजा गरिन्छ । गाईलाई गाैमाता पनि भनिन्छ ।


Read More