Logo

Student Corner

मातातीर्थ औँसी

Written by: Aarushi Prasai - 32002, Grade II

Posted on: 13 June, 2021

आमाको मुख हेर्ने दिन हिन्दुहरूको धार्मिक चाड हो । यस वर्ष पनि हामीले याे चाड वैशाख २८ गते मङ्गलबारका दिन मनायाैँ। आमा हामी सबैकी प्यारी हुनुहुन्छ । आमाले हामीलाई जन्माउनुभयाे । आफ्ना दुःखलाई भुलाएर हामीलाई मिठो खानेकुरा दिने, खुसी दिने, हाम्रो  ध्यान राख्ने आमा हुनुहुन्छ । मातातीर्थ औँसीको दिन आफ्नी आमालाई पनि खुसी राख्नुपर्दछ । मिठो मिठो खानेकुरा खुवाएर आमालाई उपहार दिएर हामीले यो पर्व मनाउँछौँ ।