Logo

Student Corner

गुलाफ

Written by: Ruhjen Jung Khadka - 32014, Grade II

Posted on: 06 June, 2021

गुलाफ एक प्रकारको फूल हाे । गुलाफलाई फूलहरूका राजा पनि भनिन्छ । गुलाफको बास्ना धेरै मिठो हुन्छ ।  गुलाफ प्रायजसो धेरै मानिसहरूका घरका बगैँचामा पाइने प्रख्यात बिरुवा हो । यो धेरै रङमा पनि पाइन्छन् । गुलाफ रातो, पहेँलो, सेताे, गुलाफी आदि रङमा पाइन्छन् । गुलाफकाे  बाेटकाे हाँगामा साना साना काँडा हुन्छन् । जसले गर्दा गुलाफको रक्षा हुन्छ । गुलाफको पात हल्का गोलो र हरियो हुन्छ । गुलाफ धेरै काममा प्रयोग हुन्छ । गुलाफबाट गुलाफ जल, अत्तर , माला आदि बनाइन्छ । गुलाफको फूल मेरो मन पर्ने फूल हो ।