Logo

Student Corner

मेरो गाउँ

Written by: Sushant Pokharel - 32020, Grade II

Posted on: 08 June, 2021

 मेरो नाम सुशान्त पोखरेल हो । हाल म  काठमाडाैँको सिनामङ्गलमा बस्छु । मेरो पुर्ख्यौली घर खोटाङ जिल्लाको खार्पा भन्ने गाउँमा हो । मेरो घर रावाबेँसी गाँउपालिकामा पर्दछ । मलाई मेरो गाउँ धेरै मन पर्छ । गाउँमा एक घरबाट अर्को घर अलि टाढा टाढा हुँदो रहेछ । मैले गाउँमा खसी, बाख्रा, गाई र भैँसीहरू पनि देखेँ ।  मलाई बाख्राका साना पाठो र पाठी धेरै मन पर्‍याे । मैले उनीहरूसँग उफ्रेर खेलेँ । मेरो गाँउको माथिपट्टि ठूलो र हरियो जङ्गल छ । त्यताबाट चिसो र स्वच्छ हावा आउँदो रहेछ । त्यति मात्र हैन कौसीमा बसेर तल हेर्दा देखिने रावा खोला, त्यसकाे वरिपरि देखिने हरियाे खेत र डाँडाकाँडाहरूको दृश्य झनै राम्रो र  मनै लोभ्याउने देखिदो रहेछ । मेरो  घरबाट सेतो हिमालहरू पनि देखिन्छ । बिहानको घाममा हिमाल त रातो  रातो पो देखिदो रहेछ । मलाई त अनौठो लाग्यो । मलाई स्कुल बिदा हुँदा मेरो गाउँ जान मन लाग्छ । तर अहिले करोना भाइरसले  अति ज़रूरी कामविना बाहिर जान नमिल्ने हुनाले अगाडि भएको बिदामा घरमै बसेँ कतै बाहिर घुम्न गइनँ ।