Logo

Student Corner

आमाको माया

Written by: Aaron Man Pradhan - 32001, Grade II

Posted on: 22 September, 2021

आमा एक महान व्यक्ति हुनुहुन्छ, जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिनुभयाे । आमा पक्कै पनि सबैको जीवनमा सबैभन्दा महत्त्वपूर्ण हुनुहुन्छ । आमाले आफ्ना बच्चालाई धेरै माया गर्नुहुन्छ । आमाकाे तुलना कसैसँग पनि गर्न सकिदैन । आमाले आफ्ना बच्चालाई ९ महिना सम्म धेरै दु:ख, पीडा र कष्ट सहेर गर्भमा राखेर बच्चालाई जन्म दिनुहुन्छ । आमा आफ्ना बच्चालाई चोट लागकाे र उसलाई अरूले नराम्रो गरेकाे हेर्न सक्नुहुन्न । आमाले आफ्ना बच्चालाई राम्रा कुराहरू सिकाउँनुहुन्छ । मलाई मेरी आमाले मिठो मिठो खानेकुराहरू पकाएर खानदिनुहुन्छ र कथाहरू सुनाउनु हुन्छ । आमा ममताकी खानी हुन् । आमाको जस्तो माया यो संसारमा कसैले पनि गर्न सक्दैन । त्यसैले मलाई पनि मेरी आमाको  धेरै माया लाग्छ।