Logo

Student Corner

Articles

फलफूल
- Joyana Thapa - 31010, Grade I ... 16 November, 2021

हामी सबै प्रकारका फलफूलहरू खान्छौँ । फलफूल धेरै मिठो र रसिलो हुन्छ । फलफूलले स्वास्थ्यलाई राम्रो पनि गर्दछ । फलफूल धेरै थरीका हुन्छन् । फलफूल मौसम अनुसार बजारमा पाइन्छन् । कुनै फलफूल धेरै महङ्गा पनि हुन्छन् । कुनै फलफूल सस्ता पनि हुन्छन् । फलफूल बाह्रै महिना बजारमा पाइन्छन् तर मौसमअनुसारका फलफूलहरू मात्र पाइन्छन् । कुनै फलफूल चाहिँ बाह्रै महिना पनि पाइने हुन्छन् । अङ्गुर आँप लिची आदि मौसमअनुसार पाइने फलफूल हुन् । फलफूलको जुस बनाएर खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । हाम्रो शरीरमा फुर्ती आउँछ । फलफूलले हाम्रो शरीरलाई एकदमै फुर्तिलो बनाउँछ । त्यसैले मलाई फलफूल साह्रै मन पर्छ । फलफूल खाऔँ स्वस्थ रहौँ ।


Read More
हाेली
- Presley Bhattarai - 31020, Gr ... 15 November, 2021

हाेली मलाई मन पर्ने पर्व हो । होली हामी पानीसँग खेल्छौँ । यो रङहरूको पनि पर्व हो । हाेली फागुनकाे पूर्णिमामा पर्दछ । हाेलीलाई फागुपूर्णिमा पनि भनिन्छ । होली रमाइलो पर्व हाे । यसलाई दुई दिनसम्म मनाइन्छ । पहिलो दिन पहाडी क्षेत्रमा मनाइन्छ भने दोस्रो दिन तराई क्षेत्रमा होली खेलेर मनाइन्छ । यस दिन सबै स्कुलहरू बन्द हुन्छन् । यो पर्वमा एकअर्कालाई रङ लगाएर खेलिन्छ । मेरो जन्मदिन पनि हाेलीकै बेलामा पर्छ । हामी होलीमा मिठाई खान्छाैँ । खानेकुरा पनि मिठा मिठा खाएर हामी राम्रा कपडा लगाएर नुहाएर बस्छौँ । होलीको दिन निकै रमाइलो हुन्छ । हामीले दिनभरि होली खेल्नु पनि हुँदैन । यसले चिसो लाग्ने सम्भावना बढ्छ । म लगाएत मेरा सबै साथीहरू यस दिन निकै रमाइलो मान्छन् । होली एउटा खुसीको पर्व हो ।
 


Read More