Logo

Student Corner

मेरो मामाघर

Written by: Praneesha Shrestha - 31017, Grade III

Posted on: 22 October, 2021

मेरी आमा जन्मेको घर नै मेरो मामाघर हो। मेरो मामाघर दुई तल्लाको छ। मेरो मामाघरमा नाैवटा  कोठाहरू छन्। मेरो मामाघरमा मेरी हजुरआमा र मेरो मामा बस्नुहुन्छ । मेरो मामाघर ठुलो छ। मेरो मामाघर धनकुटामा छ। मेरो मामाघर खैरो र पहेँलो रङको छ। मेरो मामाघर अगाडिको बाटो सफा छ। मेरो मामाघरतिर सुन्तला धेरै फल्छन्। मलाई मामाघर जान मन पर्छ। लामो बिदामा म मामाघर गएर रमाउँछु।