Logo

Student Corner

Articles

पुस्तक समीक्षाः मनु र मने
- Raj Manandhar - 31023, Grade ... 18 November, 2021

मनु  र मने साथी साथी हुन् उनीहरूसँगै खेल्छन् । उनीहरू एकअर्कालाई माया गर्छन् । मनु जहाँ जाँदा पनि मने पछि पछि लाग्छ । मनु विद्यालयबाट फर्किएपछि उनीहरूसँगै खेल्छन् । एक दिन विद्यालयबाट फर्किँदा मने आमाको काखमा सुतिरहेको मनुले देखिन् । मनुले “के भयो मेरो मनेलाई” भनेर हेर्न जाँदा मनेको मुखभित्र प्लास्टिककाे झाेला देखिन् । मने प्लास्टिक खाएर झन्डै मरेको रहेछ । मनुले आफ्नो शिक्षकलाई प्रयाेग भइसकेका प्लास्टिकलाई के गर्नुपर्छ ? भनेर सोधिन् । उनलाई प्लास्टिकलाई जमिनमा गाड्नु हुन्छ कि हुँदैन ? भन्ने कुरा पनि जान्नु थियाे । शिक्षकको सल्लाहअनुसार मनुले कुनै फोहोर गाड्नु पर्ने रहेछ कुनै फोहोर पुनः प्रयोग गर्न सकिने रहेछ भन्ने थाहा पाइन् तर फाेहाेरलाई बाल्न भने नहुने रहेछ । फोहोरमैला बालेमा वातावरण प्रदूषण हुने रहेछ ।


Read More