Logo

Student Corner

राति र बिहान

Written by: Aryama Bhattarai - 32027, Grade II

Posted on: 22 October, 2021

राति गाडी गुड्छन् 
बत्तीहरू बल्छन् 
ढोकाहरू थुन्छन् 
सबैजना सुत्छन् ।
 
राति जुन लाग्छ 
बिहान घाम लाग्छ
 बिहान ढोका खोल्छन् 
सबैजना उठ्छन् । 
 
यो मेरो कविता 
कस्तो लाग्यो साथी हो ?
राम्रो लागे पढ है 
नराम्रो लागे हाँस है ।