Logo

Student Corner

सफा राखौँ

Written by: Ishani Chhetri - 32010, Grade II

Posted on: 06 October, 2021

स्वच्छ हावा, सफा पानी 
हाम्रो जिन्दगानी 
त्यसैले रुख रोपाैँ 
आऊ बाबु नानी ।
 
बिहान बिहान पानी हालौँ
गोडमेल गरौँ
फोहोरलाई जम्मा गर्ने 
छुट्टै ठाउँ बनाऊँ ।
 
जीवजन्तु सबैलाई 
माया गर्ने गरौँ
यो संसार सबको साझा
घर हो भन्ने बुझाैँ ।