Logo

Student Corner

Articles

लोकतान्त्रिक गणतन्त्र
- Sambridhi Gelal - 29063, Grad ... 31 May, 2024

लोकतन्त्र ग्रिक शब्द "देमोस "र "क्रतोस" बाट उत्पत्ति भएको मानिन्छ । देमोस भनेको जनता र क्रतोस भनेको शासन भनेर बुझिन्छ । लोकतन्त्र प्रजातन्त्रको अर्को शब्द हो। त्यसैले, प्रजातन्त्र भनेको जनताको शासन हो । पाचौँ शताब्दीतिर रोममा प्रजातन्त्रको अभ्यास सुरु भयो । तेह्रौँ शताब्दीतिर बेलायतमा प्रजातन्त्रको अभ्यासलाई व्यवस्थित गरिएको थियो । पछि विकास हुँदै जाँदा दोस्रो विश्वयुद्धपछि प्रजातन्त्रको व्यापक अभ्यास हुन थाल्यो । नेपालमा भने लोकतन्त्रको सुरुवात वि.सं. २००७ मा भएको हो । केही वर्षसम्मको अवधिमा राजनीतिक परिपक्वता तथा संस्कारको अभावमा प्रजातन्त्रको विकास आशा गरेअनुसार भएन । यसै क्रममा वि.स. २०१७ मा पञ्चायती व्यवस्थाको सुरुवात भएसँगै प्रजातन्त्रको विकासमा धेरै बाधा आयो । त्यसपछि वि.सं. २०४६ पछि लोकतन्त्रको पुनःस्थापना भयो । जनतामा राजनीतिक चेतनाको विकास हुने क्रम सुरु भयो । 

 

त्यसपछि वि.सं २०६२/२०६३ तिरको दोस्रो जन आन्दोलनपछि मात्र लोकतन्त्र शब्दको प्रयोगले व्यापकता पायो । अहिले लोकतन्त्रलाई सबैभन्दा उत्तम शासन व्यवस्था मानिन्छ । किनभने वि.सं. २०६२/६३ तिर लोकतन्त्रलाई जनताको शासनका रूपमा लिने परिपाटीको सुरुवात भएको थियो । लोकतन्त्र यस्तो व्यवस्था हो जसमा जनताले छानेका प्रतिनिधिहरूले शासन गर्दछन् र त्यस प्रतिनिधिहरूले जनताको इच्छाअनुसार शासन गर्नुपर्दछ । यदि त्यस्तो नगरे अर्को निर्वाचनमा जनताले दण्डित गर्दछन् । लोकतन्त्रमा जनताद्वारा छानिएका प्रतिनिधिहरूले सरकार प्रमुख वा राष्ट्रप्रमुख छनोट गर्दछन । यसरी राष्ट्रप्रमुख जनताबाट निर्वाचित प्रतिनिधिको शासन व्यवस्थालाई नै लोकतान्त्रिक गणतन्त्र मानिन्छ ।

 

नेपालमा वि. सं २०६५ भन्दा अघि संवैधानिक राजतन्त्र थियो तर वि.सं. २०६५ जेठ १५ गते सविंधान सभाको पहिलो बैठकले नै नेपालमा गणतन्त्रको स्थापना गरेको थियो । नेपालमा सङ्‌घीय प्रणालीअनुसार शासन व्यवस्था सञ्चालित गरिएको छ। त्यसैले लोकतन्त्र जनताको शासन व्यवस्था हो।


Read More
गणतन्त्र दिवस
- Shatakshi Pandey - 31029, Gra ... 31 May, 2024

कुनै पनि नेपाली जनता देशकाे सर्वाेच्च पदमा रहन सक्छन् ।यस प्रकारकाे शासनतन्त्र  नै गणतन्त्र हाे । बहुमतका इच्छाले याे तन्त्र चल्ने गर्छ । आज विश्वका धेरै मुलुकहरूमा गणराज्य छन् ।त्यस्तै नेपाल पनि एक सङ्घीय लाेकतान्त्रिक देश हाे । नेपालमा गणतन्त्रकाे सुरुवात भएकाे १६ वर्ष पुगेकाे छ ।त्यसभन्दा अगाडि नेपालमा राजतन्त्र थियाे ।राजा नै राष्ट्रप्रमुख हुन्थे ।वि सं २०६२ -२०६३ मा भएकाे शान्तिपूर्ण जनआन्दाेलन पछि जारी गरिएकाे अन्तरिम संविधान अनुरूप सम्पन्न संविधान सभाकाे निर्वाचनपश्चात गठन भएकाे संविधान सभाकाे पहिलाे २०६५ साल जेष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना भयाे ।शाह वंशकाे अन्त्यकाे घाेषणा भएकाे उक्त दिन गणतन्त्र दिवसकाे रूपमा मनाउन थालियाे ।त्यसपछिकाे संविधान सभाले डा रामवरण यादव पहिलाे राष्ट्रपति र उपराष्ट्रपतिका रूपमा परमानन्द झा चुनिएका थिए ।नेपालकाे संविधान २०७२ अनुसार राष्ट्रपति नै राष्ट्रकाे अभिभावक हुने कुरा उल्लेख । राष्ट्रिय एकताकाे प्रवर्धन ,संविधानकाे पालना र संरक्षण गर्नु राष्ट्रपतिकाे कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेकाे छ ।नेपालकाे जनआन्दाेलन २०६२- २०६३ शान्तिपूर्ण आन्दाेलन थियाे । जुन १९ दिनसम्म चलेकाे थियाे ।यस आन्दाेलनमा विभिन्न राजनीतिक दल संलग्न थिए । २०६२- ६३ मा भएकाे शान्तिपूर्ण आन्दाेलन सफल भएर लाेकतान्त्रिक गणतन्त्रकाे स्थापना भएकाे हाे । गणतन्त्र दिवश प्रत्येक वर्ष मनाइने गरिन्छ ।याे दिन देशमा सार्वजानिक बिदासमेत दिने गरिन्छ ।


Read More
बालअधिकार
- Abiska Giri - 31054, Grade VI ... 29 May, 2024

बालअधिकार बालबालिकाहरूकाे जन्मसिद्ध अधिकार हाे ।याे मानव अधिकारकाे एक समूह हाे । बालअधिकार भन्नाले  नाबालिगहरूका लागि राज्यले ताेकिदिएकाे विशेष अधिकार र हेरचाह भन्ने बुझिन्छ ।बालबालिकाहरू देशका कर्णधार हुन्। उनीहरूले पढ्न ,खान र खेल्न पाउनुपर्छ ।कतिपय बालबालिकाले पढ्न ,खेल्न र खान पाएका छैनन् ।कुनै बालबालिकाले आमाबुबाकाे माया पाएका छैनन् ।बालबालिकाले मनाेरञ्जन पनि गर्न पाउनुपर्छ ।सबै बालबालिका एउटै हुँदैनन् । काेही पढ्नमा रुचि राख्छन्  त काेही खेल्नमा रूचस राख्छन् । बालबालिकाले अभिभावककाे कुरा सुन्नुपर्छ  ।कतिपय बालबालिकाहरू ङरेलु काममा लगाइएका छन् र घरेलु हिंसाका सिकार भएका छन् ।उनीहरू आफ्ना अधिकारबाट वञ्चित हुनु हुँदैन ।


Read More
नेपालमा गणतन्त्र
- Anuprastha Luitel - 30058, Gr ... 28 May, 2024

२०६५ साल जेठ  १५ गते नेपालमा राजतन्त्रकाे अन्त्य भइ गणतन्त्रकाे स्थापना भएकाे हाे । त्यतिबेला लाखाैँ नागरिकहरू सडकमा उत्रिएर राजतन्त्रकाे विराेध गरेपछि गणतन्त्रकाे स्थापना भयो । यसमा धेरै मानिसहरूले ज्यान पनि गुमाए । उनीहरूलाई सहिद घोषणा गरिएकाे छ । जनताकाे तन्त्र वा जनताले गर्ने शासनलाई नै गणतन्त्र भनिन्छ । गणतन्त्रमा राजा हुँदैनन् । देशकाे शासन प्रणाली स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालन हुने व्यवस्था गणतन्त्र हाे । गणतन्त्रले समानता, सामाजिक न्याय जस्ता कुरालाई सहज बनाइदिएकाे छ । गणतन्त्रमा जनताले आफ्नाे सरकार आफैँ बनाउन पाइन्छ । गणतन्त्रका कारण समाज आधुनिकतर्फ उन्मुख भएकाे छ । गणतन्त्र स्थापना भएकाे डेढ दशक बितिसक्दा पनि आर्थिक सुधार खासै भएकाे छैन । गणतन्त्रमा आउने बाधाहरूलाई बिस्तारै हटाउनुपर्छ अनि मात्रै जनताले फल प्राप्त गरेकाे अनुभूति गर्छन् । गणतन्त्र स्थापना भएकाे खुसियालीमा जेठ  १५ गते नेपालमा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ । यस दिन नेपालमा सार्वजनिक बिदा दिने गरिएकाे छ ।


Read More
पुसतक समिछा
- Aadar Timalsina - 29046, Grad ... 27 May, 2024

 

एकलव्य धेरै राम्रो कथाको पुस्तक हो। रोशन पोखरेलको लेखन र सिमित श्रेष्ठले चित्रण गरेका हुन् । यस पुस्तकको मुख्य पात्र महाभारतको अति आवश्यक चरित्र हो। यस पुस्तकको अर्थ छ जुन यो हो कि जे पनि सम्भव छ, तपाईलाई मात्र चासो चाहिन्छ। राम्रो चरित्र एकलव्य हो किनभने उहाँ कसैको सहयोग बिना महान् धनुर्धारी बन्नु भयो। उनले ड्रडलाई आफ्नो मालिक ठान्थे तर ड्रड उनको मालिक थिएन। आफ्नो मालिकको लागि उसले आफ्नो औंला पनि काट्यो। उहाँ आफ्नो सपनाको लागि यति महत्वाकांक्षी हुनुहुन्थ्यो कि उहाँ आफ्नो औंला बिना पनि एक धेरै राम्रो धनुर्धारी बने। कथा सुरु हुन्छ जब एक केटा रुँदै आफ्नो बुबा तिर दौडन्छ, केटाले आफ्नो धनु भाँचिएको भन्छ र आफ्नो बुबालाई ठीक गर्न भन्छ। केटाको नाम अभया हो र ऊ धेरै राम्रो धनुर्धारी बन्न चाहन्छ। ऊ तल्लो जातको हो तर पनि धनुर्धारी बन्न चाहन्छ । एक दिन अभयाकी आमा अभयालाई खोज्दै थिइन् । उनले अभयाको नाम स्ट्रिम गरिरहेकी थिइन् तर पनि उनले अभयालाई भेट्टाउन सकेनन्। उनी अभयाको साथीको घरमा गइन् र त्यसपछि अभयाको साथी जसको नाम कृष्ण हो उसले भन्यो । आज बिहान अभय हामीसँगै जंगलमा थिए र उनी जङ्गल भित्र धेरै गहिरो गएका थिए किनभने उसले एउटा मृग देख्यो र त्यसको पछि दौड्यो। हामीले उसलाई नजानु भन्यौं तर उसले सुनेन र त्यसपछि म र राम जङ्गलबाट निस्केर खेल्यौं। त्यसयता मैले अभयालाई देखेको छैन । त्यसपछि अभयाकी आमा दौडेर जङ्गलमा पुगिन् र अभयाको नाम चिच्याइन् । उनलाई देख्ने पुरुषहरूले अभयाको बुबालाई बोलाए र त्यसपछि ती सज्जनहरूले समूहमा अभयालाई खोज्न थाले। त्यसपछि एक समूहले उसलाई आफ्नो धनु बोकेर सुतिरहेको भेट्टायो र त्यसपछि ऊ ब्युँझियो र भन्यो कि म मृगको पछि दौडें तर पछि हिरण भाग्यो र म थाकेको थिए त्यसैले म सुतेँ तर म सुते। तब एक जनाले तिमिलाई भय लागेन सोधे। तब अभयाले भय कास्तो भय, म त योद्धा होद्धा मलाई के भय भन्नुभयो। छेत्रीले मात्र धनुर्विद्या गर्ने भएकाले उनका बुबा डराए । त्यसपछि अर्को दिन उसको बुबा र अभया खाना खाइरहेका थिए तर तिनीहरूले आवाज सुने र बाहिर गए त्यहाँ एउटा बाघ थियो र सबै डराएपछि अभयाले उसको घाँटीमा धनुष हाने तर बाघलाई झनै रिस उठ्यो त्यसैले उसले आफ्नो मुखमा बाछो लिएर गयो। अभय बाघको पछि लागे तर बाघ फरार भयो । त्यसपछि एक धेरै वृद्ध व्यक्तिले अभयालाई गुरु खोज्न आग्रह गरे र भने कि यदि अभयाले गुरु भेट्टाए भने ऊ राम्रो धनुर्धारी बन्न सक्छ। त्यसपछि अभय र उनका बुबा सबैभन्दा ठूलो धनुर्धारी भएको ठाउँमा गए। त्यो धनुर्धारीको नाम द्रोड हो, उहाँ उत्तम धनुर्धारी हुनुहुन्थ्यो र देवताहरूले पनि उसलाई सजिलै हराउन सक्दैनन्। अभय र उनका बुबा त्यहाँ गएपछि द्रोडले भिल्ल जातिको माझमा सिकाउन नसक्ने बताए । त्यसपछि अभयाले भने कि उनी राम्रो धनुर्धारी नभएसम्म यो नदी पार गर्नेछैनन्। त्यसैले उसले अभ्यास गर्न थाल्यो र केहि महिना पछि उनी धेरै राम्रो धनुर्धारी बने र अहिले उनलाई अकलव्य भनिन्छ। त्यसपछि एक दिन उसले कोलाहल सुने र त्यहाँ गएर बाघले एक वृद्धलाई आक्रमण गरेको देख्यो। उसले बाघको घाँटीमा बाण हाने र बाघ ढल्यो। त्यसपछि अकलव्यले केही आयुर्वेद लगाएर वृद्धको उपचार गरे। एक दिन अकलव्यले एउटा धेरै ठूलो सर्पले आफूमाथि आक्रमण गरिरहेको भेट्टाए र त्यसपछि धेरै लामो लडाइँ गरेर अकलव्यले विशेष धनुले सर्पलाई मारे। एक दिन अकलव्य अभ्यास गरिरहेको बेला उनले पहाडको ५ वटा किनार देखे र त्यहाँ गए । उनले एक रच्छ्यस भेट्टाए र त्यसपछि अकलव्यले राक्षसलाई मारेर केही विशेष बाणहरू प्राप्त गरे। एक दिन जब द्रोड आफ्ना विद्यार्थीहरूलाई नदीमा लैजाँदै थिए, उनले कुकुर भुकिरहेको देखे। केही समय पछि जब कुकुर आयो त्यहाँ एउटा तीर थियो जसले कुकुरको मुख पूर्ण रूपमा बन्द गरेको थियो र कुकुरको रगत बगिरहेको थिएन। यो को हो भनेर देखेर द्रोड चकित भए र त्यहाँ गएपछि उनले अक्लव्यलाई अभ्यास गरिरहेको देखे र त्यसपछि द्रोडले उनलाई के गर्न सकिन्छ भनेर देखाउन भने र अकलव्यले आफ्ना सबै विशेष बाणहरू देखाए। त्यसपछि द्रोडले उनलाई आफ्ना विद्यार्थीहरूसँग लड्न भने र अकलव्यले उनीहरूमध्ये प्रत्येकलाई कुटपिट गरे। त्यसपछि द्रोडले सोचे कि यदि अकलव्य बलियो भयो भने उसले आफ्ना प्रत्येक विद्यार्थीलाई फेरि जित्नेछ। त्यसैले द्रोडले गुरुदक्षिडा मागे र द्रोडले अकलव्यको औंला चाहियो भने अकलव्यले औँला काटिदिए । त्यसपछि केही गहन अभ्यास पछि अकलव्यले आफ्नो औंला बिना नै पहिले जस्तै धनु प्रयोग गर्न सक्षम भए। त्यसपछि एक दिन उसले एक वृद्ध मानिसलाई देख्यो र ऊसँग कुरा गर्यो र त्यो वृद्धले द्रोडको अपमान गरे त्यसैले अकलव्यले उसलाई तीर हान्न थाले। अकलव्य नराम्ररी हार्यो तर हारपछि त्यो वृद्धले अकलव्यको धनुषलाई धेरै राम्रो धनुमा परिणत गर्यो। त्यसपछि एक दिन उसलाई हात्तीमा सवार एक व्यक्तिले आक्रमण गर्यो र उसले तिनीहरूलाई पनि पराजित गर्यो र त्यसपछि अकलव्य आफ्नो घर गए। यस पुस्तकको खराब चरित्र द्रोड हो किनभने उसले आफ्ना विद्यार्थीहरूलाई जितोस् भन्ने चाहना थियो त्यसैले उसले अकलव्यलाई आफ्नो औंला काट्न भन्यो। म यो पुस्तकलाई सबैले सम्झन सक्ने कुरा गर्न चाहने मानिसहरूलाई सिफारिस गर्नेछु।


Read More