Logo

Student Corner

Articles

Cast Away: A Movie Review
- Suvani Karki - 29055, Grade V ... 25 July, 2024

Director:   Robert Zemeckis      

Producer(s): Tom Hanks, Robert Zemeckis, Jack Rapke, Steven Starkey, Steven J. Boyd

Official release: December 22, 2000

Cast: Tom Hanks (Chunks), Halen Hunt (Chunk’s girlfriend), Chirs Noth (Later Kelly’s Husband), Vince Martin (the pilot buried by Chunks on the island) etc.

Settings: Russia and the island of Monu Riki

Budget: 90 million dollars

Genre: Adventure and survival

 

Plot:

There was a happily living man with his girlfriend and a well running company, The FedEx (Federal Express). His name was Charles or as known as Chunks. He was very sharp about time. He really valued time. And as usual, he was leaving for the southern Atlantic way to deliver the things and there were many special packages in those boxes. Before he set off for the flight, it was Christmas Eve. He promised to return on New Year’s Eve. But that promised evening was never to be seen soon. His girlfriend, Kelly, gifted him her grandad’s pocket watch with her picture in it. He set off. But the flight got into a terrible storm and the flight crashed. He was the only survivor. He made it to an uninhabited island. There was nothing to be found on the island other than coconuts. He found some leftover FedEx boxes on the shore. He opened all of them but had one left that he had promised to return. The box with the golden wings: the special one. He tried to make fire but instead got himself injured. He had a volleyball from the boxes. He threw it in anger and the ball had blood stains in it. After calming down, he made a face in the ball and named it ‘Wilson’. He talked to it and shared his emotions with it. He had a hope in one ship, but no one noticed him. He tried to commit suicide, but thinking about the returning promise, he couldn’t hang himself. He tried to leave but couldn’t, because the island was twice the size of Texas. He had learned how to make fire, prepare food and all that he needed to survive. He was a wild man now. He had the pocket watch which he used to stare at as it had Kelly's picture in it. That was the only time when he used to smile. He was soon starting to give up, but he had got an idea to make a boat. He took months to wait for the right timing of the wind. Talking to Wilson made him smile and not die suffocating in his thoughts. He took off. But after two days or so, a heavy storm took over him and Wilson, and the boat ended up in the middle of nowhere. There, he had lost Wilson. He cried and cried for hours, but he didn’t have an option other than moving on. He had to return. He started floating. He was at the doors of death but a whale woke him up and what he saw was his luck. A cargo ship had found him. He was not the same Charles now that he had long hair, thin body, half naked clothes. He was a wild person. He returned home and had a grand welcome ceremony. But he found out that Kelly was married to someone else and now, he was heartbroken all over again. Then, he went to meet Kelly and return the pocket watch. He did and Kelly gave him a very big surprise, the Car. The car where everything had started. The car that he took off from. And moving on, he went to return the golden wing parcel as he had promised himself. He wrote a thank you letter and started a new life.

 

My analysis:

I loved the movie. The way it expresses the small efforts that nature does for us is remarkable. Everything we find here in our daily life is a struggle for someone living miles afar. We should always be grateful for what we have right here, right now. It is a wish of someone to get what we waste here. The movie teaches life; the importance of our words, the importance of our promises, the importance of our wastes, the real importance and meaning of our life.


Read More
प्रेम
- Aadhya Shri Poudel - 30001, G ... 25 July, 2024

यहाँ मनको गीत गाउँछु म,

तिमीलाई प्रेमको सङ्गीत सुनाउँछु म।

सपना जस्तो मिठो यो समय,

तिमीसँगै बिताउने चाहना धेरै ममा ।

 

तिम्रो मुस्कानमा लुकेको रहस्य,

मेरो दिलमा सजिएको त्यो सपना।

जीवनको हरेक मोडमा साथ दिउँला,

प्रेमको यात्रासँगै तय गरौँला।

 

सजिलै भेटिन्छ कहाँ यसरी प्रेम,

तिम्रो आँखा हेरेरै हराउँछु म।

तिम्रो हात समाउँदै चल्छु,

यो जीवनको बाटो सजिलो बनाउँछु म।

 

तिम्रो स्पर्शमा हराउने आश,

सधैँभरि रहिरहोस् यो विश्वास।

साँचो मायाको यो नाता,

कहिल्यै नटुटोस् यो पवित्र बन्धन।

 

तिम्रो साथमा पाउँछु म,

सारा संसारको खुसी भित्रै।

प्रेमको यो मिठो झल्को,

जीवनभरि तिम्रै साथमा बिताउँछु।


Read More
मनझाँक्रीः पुस्तक समीक्षा
- Aarohan Timsina - 29057, Grad ... 24 July, 2024

परिचय 

मनझाँक्री पुरू लम्सालले लेखेको उत्कृष्ट नाटक सङ्ग्रह हो । यस नाटक सङ्ग्रहमा २ ओटा नाटक रहेका छन् । ती दुई नाटक मनझाँक्री र जिउँदाहरूको चिता हुन् । यो किताबको आवरण पनि पुरू लम्सालले गरेका हुन् र यसको प्रकाशन काठमाडौँ पब्लिकेशनले गरेको हाे ।

पात्र

मनझाँक्री कथामा ५ जना पात्रहरू रहेका छन् । ती पात्रहरू सबै असल छन् । मानवइतर पात्रको रूपमा यस कथामा चौँरी गाई र बिरालोलाई लिन मिल्छ । यस कथाका पात्रहरू मनबहादुर, बेलिमाया, पाल्देन, ढलकबहादुर र आइती हुन् ।

जिउँदाहरूको चिता कथाका पात्रहरू सुभद्रा, रामराजा, पर्वती, तुलसा, सरस्वती र प्रदीप हुन् । यस कथामा जगतमान, बिनोद र सांसदको पुरै टोली खराब पात्र जस्तो छन् किनभने उनीहरू गाउँ हेर्न मात्र आएका थिए र कसैलाई केही पनि मदत नगरी गए ।  दु:खी जनता सुखी छन् भन्दै हल्ला पनि फैलाए । 

कथावस्तु 

मनझाँक्री कथामा मनबहादुर नाङ्लाेको चोया काड्दै हुन्छ । त्यसवेला ढल्के आइपुग्छ र मने र ढल्के कुरा गर्न थाल्छन् । उनीहरू आफ्नो दु:खका कुरा गर्न थाल्छन् । उनीहरू आलु कसको घरमा कैले खन्ने भनेर पनि कुरा गर्छन् । आफूसँग पैसा नभएको कुरा पनि गर्छन् । मने आफ्नो मितको छोराको बिहेमा जाने कुरा पनि गर्छ । मने आफ्नो खुट्टाको बारेमा पनि बोल्छ र कसरी उसको खुट्टा दुख्छ भनेर उसलाई थाहा हुँदैन । त्यसपछि मनेको नाती पाल्देन र उसको आमा आउँछन् खर्कबाट । पाल्देन सानै उमेरमा पढ्न छोडेर घरको काम गर्दै हुन्छ किनभने उसको बुबा छिट्टै मरेकाे हुन्छ र घर सम्हाल्ने कोही पनि हुँदैन । पाल्देन त्यसपछि आफ्नो पढाइको कुरा गर्न थाल्छ  । उसलाई पढ्न धेरै मन लागेको हुन्छ । पाल्देनले केही कागज ल्याएको हुन्छ र मनेले त्यो कागज धागाेले बुनेर किताब जस्तो बनाइदिन्छ । पाल्देन खुसी भएर त्यो किताब पढ्न थाल्छ । भित्तामा आफ्नो र आफ्नो परिवारको सदस्यको नाम लेख्छ । त्यसपछि अचानक बेलिमाया आउँछिन् । पाल्देनले उसलाई पढ्न मन लागेको कुरा भन्छ । उसलाई त्यो विचार ठिक लाग्दैन बेलिमयाले पाल्देनलाई पढ्न जान नदिने कुरा गर्छिन् तर पाल्देनले घर छोडेर जाने कुरा गर्छ र बेलिमाया रुन थाल्छिन् । त्यो देखेर पाल्देन पनि रुन थाल्छ । केही समयपछि पाल्देनलाई गाह्राे हुन थाल्छ । उसको पेट बेस्सरी दुख्न थाल्छ । मने पनि आउँछ । आइती पनि त्यहीँ हुन्छिन् । मने झाँक्री बसेर फुक्न थाल्छ । त्यसपछि एक्कासी बिरालो कराउँछ । सबै जना तर्सिन्छन् । पाल्देनलाई थोरै बिसेक भए जस्ताे हुन्छ । सबै जना सुत्छन् । भाेलिपल्ट बिहान ढल्केले खेतको जालीमा मरेको बिरालो पाउँछ । त्यो बिरालो कराको हो राती भनेर सबैले थाहा पाउँछन् । पाल्देनलाई फेरि गाह्राे हुन थाल्छ र उसलाई यार्सा लगेर जचाउँने कुरा हुन्छ । पाल्देनलाइ थुन्सेमा बाेकेर बेलिमयाले जचाउँन यार्सा लग्छिन् । घरमा कोही हुँदैन मने मात्र हुन्छ । त्यसवेला ऊ झाँक्री नाच्न थाल्छ र एक्कासी लड्छ । त्यसपछि बेस्सरी हुन्डरी आउँछ र मनेको हात ढ्याङ्ग्रोमा बेस्सरी ठोक्किन्छ । सदाकाे लागि मने संसारबाट बिदा हुन्छ ।

जिउँदाहरूको चिता कथामा भूकम्पले ध्वस्त भएको एउटा दुर्गम गाउँमा सुभद्राले मकैको ढोड जम्मा गरेर आगो सल्काउँछे । उसले पार्वती र सानो बच्चालाई बोलाउँछे । उनीहरू मिलेर एउटा नजात शिशुलाई तेल लगाइदिन्छन् । त्यसपछि आगो ताप्न भन्दै तुलसा र सरस्वती पनि आउँछन् । सरस्वती आमाले अह्राएकाे काम गर्न मान्दिन । सरस्वति र तुलासाको झगडा पर्छ । त्यहीवेला सानो बाबु प्रदीपलाई बेस्सरी ज्वरो आएको हुन्छ । उसलाई चिसो नहोस भनेर ओड्ने ओडाइदिन्छन् र तुलसाले पार्वतीलाई ५०० रुपियाँ मग्छे  । किताब नभएकाले गाइड बुक पढेर नै पास गर्नुपर्ने बाध्यता रहेछ । त्यहीवेला रामराजा तातो लुगा लिएर फर्कन्छन् । त्यसपछि सांसद सँगै गाउँ हेर्न सांसद्को पत्रकार पनि आइपुग्छन् । उनीहरू हेलिकप्टरमा आएका थिए । विनोदले सबैको हालखबर सोध्न थाल्छ । अरू मान्छेहरूलाई सबै मानिस सुखी छन् भनेर बताउँछन् । तर सबैकाे जीवन दुःखी नै थियो । त्यसपछि सांसद जगतमान सबैलाई एउटा चक्लेट दिएर जान्छ । त्यहीवेला प्रदीप बेस्सरी खोक्छ र ज्वरो आएको वेला खानको लागि एउटा सिटामोल पनि नपाएकाले त्यही उसको निधन हुन्छ ।

परिवेश 

मनझाँक्री कथाको स्थलगत परिवेश गाउँ, मनेको घर, आलुबरी, खर्क र घाँस काट्ने ठाउँ हुन् । यस कथाको कालगत परिवेश ५ दिनको रहेको छ । यस कथामा स्थलगत परिवेशको रूपमा पाल्देन बिरामी भएको, उसलाई यार्सा लगेको छ । गाउँले जीवन देखाइएको छ र मने मरेको छ ।

जिउँदाहरूको चिता कथाको स्थलगत परिवेश गाउँ रहेको छ । यस कथामा कालगत  परिवेश ६-७ घण्टाको छ । यस कथामा भूकम्पले ध्वस्त दुर्गम गाउँमा भएको एउटा परिवार आगो ताप्दै हुन्छन् । त्यसवेला सांसद आउँछ र बच्चाहरूलाई एउटा चक्लेट बाँडेर जान्छ र सिटामाेल पनि खान नपाएर ज्वरोको कारणले ७ वर्षको प्रदीपको निधन हुन्छ ।

 

निष्कर्ष 

पुरू लम्सालद्वारा लिखित मनझाँक्री नाटक दुर्गम ठाउँमा भएको गाउँकाे मानिसको जीवन दर्शाउने एउटा नाटक हो । समाजमा २ प्रकारका मानिस हुन्छन् । एउटा समूहले प्राचिन सोच राख्छ भने अरूले नयाँ सोच राख्ने गर्दछन् । यस नाटकले हामीलाई दुर्गम ठाउँमा बस्ने मानिसको दुःख देखाएको छ त्यसैले म यो नाटक सबैलाई सिफारिस पनि गर्दछु ।


Read More
अधुरो प्रेम
- Niva Shrestha - 30017, Grade ... 23 July, 2024

तिमीलाई धेरैपछि देख्दा दसकौँ लाग्छ,

नबोलेका कथाहरू मुस्कान झर्ना मुनि छन् ।

म तिमीलाई पहिले जस्तै महसुस गर्न चाहन्छु,

सधैँ तिम्रो साथमा, मेरो खुट्टामा आरामसँगै

समय बदलिएको छ, हाम्रो जीवन जस्तै,

तैपनि तिमी मेरो अनन्त इच्छा ११:११ रहनुहुनेछ।

तिमीबाट बिछोड हुनु मेरो गहिरो पश्चाताप थियो,

यसले हामीलाई यति धेरै चोट पुर्‍याउन सक्छ भनेर कहिल्यै सोचेको थिएन, मैले स्वीकार गर्नुपर्छ। 

तिमीले मलाई एक पटक फर्केर आउन भन्न सक्छौ 

यो संसार छोडेर सधैँभरि साथमा रहन्छु 

 

तिम्रो पाइला पछ्याउँदै म भ्रमबाट बच्न खोज्दैछु

मेरो मूर्ख हृदय यो सत्य होस् भन्ने चाहँदैन

तिमीले मलाई जस्तै माया गर्छौ जस्तो लाग्छ

हरेक आँखाको सम्पर्कले मलाई भित्र काँप्ने बनाउँछ । 

 

साथी बन्न मन थियो, तिम्रो नजिक बस्न,

तर भनिएको छ, विगतका प्रेमीहरू कहिल्यै साथी हुन सक्दैनन्।

म अझै पनि तिमिलाई सम्झन्छु जसरी हामी अलग थियौँ,

यो अराजकता देखा पर्दासम्म सबै कुरा सही थियो।

 

सायद समानान्तर ब्रह्माण्डमा हामीसँगै छौँ

तिमी मेरो हात सदैव समाएर हिँड ।


Read More