Logo

Student Corner

Articles

साथीकाे महत्त्व
- Sadagi Koirala - 31026, Grade ... 27 May, 2024

आफ्नाे साथमा रहने ,साथसाथै हिँड्ने,मद्दत गर्ने दुःखमा साथ दिने शुभचिन्तक नै साथी हाे । हामी साथीसँग हिँड्ने,बाेल्ने,खेल्ने पढ्ने गर्छाैँ । साथी पनि थरीथरीका हुन्छन् । काेही राम्राे र असल हुन्छन् भने काेही नराम्राे र खराब हुन्छन् ।हामीले असल साथी र खराब साथी चिन्न सक्नुपर्छ ।साथीकाे पनि धेरै महत्त्व हुन्छ ।साथीहरूका कारणले पनि हामी राम्राे अथवा नराम्राे बाटाेमा लाग्न सक्छाैँ ।साथीले हाम्राे जीवनमा धेरै भूमिका खेलेकाे हुन्छ । भविष्य निर्माण गर्न पनि साथीकाे थाेरै भए पनि भूमिका हुन्छ । समय परिस्थिति र बाध्यताले गर्दा सबै साथी सुरुदेखि पछिसम्म नहुन सक्छन्।काेही परिस्थितिले गर्दा छुट्छन् भने काेही नजिक नै हुन्छन् ।यही नै साथीकाे चक्र हाे ।जसरी जीवनचक्रमा माेडहरू आउँछन् त्यसरी जीवन चक्रमा माेडहरू आउँछन् त्यसरी नै काेही साथी  छुट्छन् र काेही छुट्दैनन् ।यही नै जीवनकाे चक्र हाे ।


Read More
My Visit to Bardia
- Sanskar Sharma - 29051, Grade ... 24 May, 2024

My eyes opened at 3:00 AM and my father standing next to me said that that day we were going on a trip to Bardia. Following our usual morning routine, we took our time, as we had already packed our belongings the previous day. Dad, feeling a bit tired, refreshed himself with a bath before we hit the road.

Later, we made a call to our maternal grandparents, and upon reaching our mother’s home, we enjoyed some tea and coffee. Afterward, we resumed our trip, making a pit stop at Muglin around noon. At 11:00 AM in Mugling, we paused at a tea place for a refreshing break. I took out my ukulele, and we began to play and sing. Following the tea break, we continued our journey.

We reached Terai, arriving there at 4:00 PM. The road varied from rough to smooth, and by 5:00

PM, we reached our destination for the day, Bhairahawa. We spent the night at a relative’s house. Waking up the next morning at 6:00 AM, we got ready and had our breakfast. Before we left the house, we bade goodbye to our relatives and set off for Bardia. The morning streets were quiet, and the fog added a special charm to the scenery. We stopped at a petrol station and restroom before continuing our journey. At 10:00 AM, we stopped at Hotel Pauwa for lunch. On the way, we enjoyed the varied sceneries and observed animals in conservation areas.

 

By 4:00 PM, we had arrived at Hotel Babai. On the way, our car encountered an unexpected obstacle, leading to a flat tire. After reaching the hotel, we checked in, had dinner, and retired for the night. The next morning, we headed towards Karnali Bridge, passing through several conservation areas while observing wildlife. During the journey, we had lunch in the car and reached Karnali at noon. We left our luggage at the hotel, had lunch, and visited the Karnali Bridge and a flower park. We explored the area, bought banana chips and beverages, and returned to the hotel. After checking out, we had dinner, made coffee, and called it a night. Continuing our trip, we went to Nepalgunj, stayed at City Palace, visited the India-Nepal border, did some shopping, had dinner, and slept. The next morning, we headed to Bhairahawa and later to Kathmandu.

 

When reaching Kathmandu, we dined at a hotel before making our way home.


Read More
चितवनको रमाइलो भ्रमण
- Barun Kadariya - 29053, Grade ... 23 May, 2024

भ्रमणबाट मान्छेले धेरै कुरा सिक्न पाउँछ । शिक्षा, मनोरञ्जन तथा भेटघाट सबै कुराकाे मिश्रणलाई भ्रमणको रूपमा लिन सकिन्छ। हाम्राे देश नेपालमा धेरै प्राकृतिक स्रोतहरू तथा त्यसबाट भेटिने ज्ञानकाे  ठुलो  स्राेत छ । यो कुरा नै हाम्राे देशमा पर्यटकहरूलाई पनि आकर्षित गर्ने एक मुख्य कारण हो । त्यसरी नै मलाई पनि भ्रमण गर्ने भनेपछि रमाइलो लाग्छ । कोरोना भएको बेलामा हामी कहीँ पनि घुम्न जान र भ्रमण गर्न सकेका थिएनौँ । मेरो परिवारकाे पनि भ्रमण गर्ने चाहना नै थियो । धेरै बेलासम्म कहीँ नगएकाले हाम्राे परिवारमा जाडो बिदामा चितवन जाने निर्णय भयो ।

 

मेरो जाडो बिदा सुरु भइसकेपछि उहाँहरूले बिदा मिलाएर मलाई अर्को दिन नै चितवन जाने भनेर बिहानै भन्नुभयो । झोलामा लुगाहरू हालिसकेपछि हामी आफ्नो भ्रमणका लागि निस्कियौँ । हामीले एउटा गाडी बुक गरेका थियौँ ।  हामी त्यही नै गाडीमा चितवनतिर निस्कियाैँ । हामी ८ बजे निस्केका थियौँ  । हामी ११ बजेतिर मनकामनामा पुग्यौँ । हामीले त्यसपछि मनकामनामा नै एकदिन बसेर त्यस  ठाउँमा घुम्ने निर्णय गर्यौँ । रमाइलो किसिमको वातावरण त्यहाँ पाइने  धेरै नै लालीगुराँसहरू फूलेका थिए । मनकामना देवीको मन्दि मा मेरी आमाले  बिहानै पूजा गर्नको लागि ४ बजेबाट लाइनमा कुर्नुभयो । त्यही बेलाबाट नै लागेको त्यो लामो लाइनमा मेरी आमालाई धेरै नै समय लाग्यो । त्यसपछि हामी गाडीमा बस्यौँ । अझ चार घण्टाको बाटो छ जस्तो लाग्यो । बाटोमा अलिकति गडबड देखिएछ। त्यसैले हामीलाई जान अलि ढिलै भयो । एकतर्फ त्रिशूली नदी बगिरहेको छ भने अर्को तर्फ ठुलो भिर छ। गाडी गहिरहेको थियो त्यही बेलामा एक लामो जाम भयो । त्यही आधी घण्टा बस्नु परेकाले मैले छिटाेछिटो लेज खान थालेँ । मैले त्यही नै सबै खाने कुरा भ्याइदिन्छु भनेर मेरी आमाले मलाई सम्झाउनुभयो। त्यसपछि हामी जाँदै जाँदै लास्टको खाजा खाने ठाउँको बाटोमा रोकियाैँ । त्यहाँ खाना खाइसकेपछि हामी मुग्लिङ बजारसम्म आइपुगेपछि नारायणघाटतिर लाग्याैँ । नारायणीको वरिपरि घुम्न मिल्ने ठाउँमा हामी  घुम्यौँ । त्यहाँ हामीले बोटिङ पनि गर्यौँ । जाडोको समय त्यो नदी शान्त थियो। केही पनि डर  थिएन । त्यसको माथि नै एउटा लामो पुल थियो । धेरै जस्तो बेला त्यही मेला लाग्थ्यो र सप्ताह गरिने रहेछ । त्यसपछि हामी मेरो मामाघरतर्फ लाग्यौँ । त्यसको अर्को दिन हामी सौराहतिर गयौँ  । हामीले चितवन राष्ट्रिय निकुञ्ज पनि एक हात्तीको सवारी गरेर घुम्यौँ । साँच्चै नै धेरै नै अद्भुत प्रकारको वातावरण र धेरै जस्ता जनावरहरू रमाइरहेको दृश्य मन पर्‍यो । त्यहाँ एक सङ्ग्रहालय पनि थियो । जुन मलाई अहिलेसम्म पनि मन पर्दैन। गैंडाको सिङ, हात्तीको सिङ ,त्यसरी नै बाघका छाला सर्पहरू लगायत त्यो संग्रहालयमा राखिएको थियो । त्यसपछि मेरो बुवाले हामी दुईजनालाई एउटा ठाउँ जसको चाहिँ मलाई नाम भने याद आएन त्यस्तो ठाउँमा लग्नुभएको थियो । त्यहाँ दुईवटा हात्ती राखिएका थिए र त्यो मेरो बुवाको एक साथीले पालेको भनेर चिनेँ । हामी त्यहाँबाट अर्को ठाउँतिर भने लाग्न पाएनौँ किनभने अलिकति साँझ भइसकेको थियो ।  हामी मामाघर फेरि फर्कियाैँ। हामी एक अरु प्रयोजनका लागि पनि गएका थियौँ।  मेरी आमाकी साथीको विवाह पनि त थियो । त्यहाँ धेरै रमाइलो भयो । म यो यात्रामा धेरै रमाएँ ।

 

यी सबै कुराहरू भइसकेपछि म एक दुई दिनको लागि मेरो मामाघरमै बसेँ  । त्यसपछि हामी सबै जना चितवन र मेरो मामाघरसँग बिदा हुँदै काठमाडौँ फेरि फर्कियौँ । यो यात्रामा मैले जनावरहरू र तिनीहरूलाई रहनको लागि चाहिने वातावरणको बारेमा जानकारी पाएँ । मलाई चितवनकाे भ्रमण निकै नै रमाइलाे भयो ।


Read More
सगरमाथा
- Bibechana Dangol - 30009, Gra ... 22 May, 2024

नेपालको उत्तरी भागमा धेरै हिमालहरू छन् ।  आठ हजार मिटरभन्दा अग्ला हिमालहरू संसारभरमा जम्मा चाैध वटा छन् । तीमध्ये आठ वटा नेपालमा छन् ।  संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो ।  सगरमाथाको उचाइ समुन्द्र सतहबाट ८८४८ मिटर छ । यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाड.ल्हामु गाउँपालिकामा पर्छ। सगरमाथा जाँदाखेरि नाम्चेबजार हुँदै जानुपर्छ । नाम्चे बजार अत्यन्तै रमणीय ठाउँ हो। 

 

सगरमाथाले विश्वका धेरै पर्वतारोहीहरूलाई आकर्षित गरेको छ। सगरमाथा नेपालको दक्षिण-पश्चिम र उत्तर  तिब्बत गरी दुई ठाउँबाट चढ्न सकिन्छ। हरेक वर्ष धेरै स्वदेशी तथा  विदेशी पर्यटकहरू सगरमाथा हेर्न, घुम्न र आरोहण गर्न आउँछन् । विदेशीहरूलाई सगरमाथा चढ्न नेपालीहरूले नै सिकाउँछन् ।  सगरमाथा आरोहण गर्नु त्यति सजिलो भने छैन । यसको उचाइ,चिसो मौसम र यहाँ चल्ने हावाले गर्दा यसको आरोहण गर्न धेरै गाह्रो हुन्छ। पर्वतारोहीहरूले विशेष किसिमको तालिम लिएर धेरै किसिमको कपडा र जुत्ता लगाएर मात्र हिमाल चढ्ने गर्छन्।  सबै पर्वतारोहीहरू यसको आरोहण गर्न सफल हुँदैनन् ।  धेरैले यसको आरोहण गर्दा ज्यान पनि गुमाएका छन्। 

सबैभन्दा पहिला सगरमाथाको सफलतापूर्वक आरोहण गर्ने व्यक्तिहरू नेपालका तेन्जिंग नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारी हुन्। सन् १९५३ मे २९ मा बिहान ११. ३० मा उनीहरूले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन् । त्यसपछि धेरै स्वदेशी तथा  बिदेशी पर्बतोरोहीहरूले सगरमाथाको आरोहण गर्न सफल भए।  सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ्ग ल्हामु शेर्पा हुन् । उनीले सन् १९९३ अप्रिल २२ मा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्,तर फर्किने क्रममा उनको मृत्यु भएको थियो। 

सगरमाथा सम्पूर्ण नेपालीहरूको आस्थाको प्रतीक हो । यसलाई हामी सबैले माया र इज्जत गर्नुपर्छ ।  साथै  यसको संरक्षण गर्नु सम्पूर्ण नेपालीहरूको दायित्व हो। 


Read More
आमाको मुख हेर्ने दिन
- Bishop Chalise - 29010, Grade ... 21 May, 2024

आमाको मुख हेर्ने दिन संसारभरका आमाहरूलाई सम्मान दिने विशेष दिन हो । यो दिन आमाहरूले आफ्ना छोराछोरीहरूको लागि माया र हेरचाह देखाएकोमा प्रशंसा गर्ने दिन हो । यो वार्षिक उत्सवले हाम्रो जीवनमा आमाको महत्वलाई झल्काउँछ । यो समयमा हामीले आमाहरूले हाम्रो लागि गरेको हरेक कुराको लागि कृतज्ञता व्यक्त गर्नुपर्छ । 

संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा र भारत लगायत धेरै देशहरूमा सामान्यतया मे महिनाको दोस्रो आइतबारमा आमाको मुख हेर्ने दिवस मनाइन्छ । आमाको मुख हेर्ने दिन मानिसहरूले विभिन्न तरिकामा आफ्ना आमाहरूप्रति प्रशंसा देखाउँछन् । यसमा उपहार दिने, कार्ड पठाउने, विशेष खाना पकाउने वा सँगै समय बिताउने गर्छन् । धेरै परिवारले माया र कृतज्ञताको रूपमा आफ्ना आमाहरूलाई फूलहरू र चकलेटहरू पनि दिने गर्छन् । 

आमाको मुख हेर्ने दिवस भनेको आफ्नै आमाहरूलाई सम्मान गर्ने दिन मात्र होइन, हाम्रो जीवनमा हजुरआमा, काकी, दिदीबहिनी र मातृत्वको भूमिका खेल्ने सबैलाई सम्मान गर्ने समय हो । 

आमाको मुख हेर्ने दिवसको उत्पत्ति २० औँ शताब्दीको प्रारम्भमा संयुक्त राज्य अमेरिकामा भएको हो । कार्यकर्ता अन्ना जार्विसको प्रयास जसले आमाहरूलाई सम्मान गर्न राष्ट्रिय छुट्टीको लागि अभियान चलाए । सन् १९१४ मा राष्ट्रपति वुडरो विल्सनले आधिकारिक रूपमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवसको घोषणा गरे। 

अन्तमा, आमाको मुख हेर्ने दिवस एक विशेष र अर्थपूर्ण अवसर हो । जसले हामीलाई हाम्रो जीवनमा आमाहरूलाई सम्मान गर्न अनुमति दिन्छ । आमाहरूले हरेक दिन गर्ने मायाको लागि कृतज्ञता व्यक्त गर्ने समय पनि हो यो ।


Read More