Logo

Student Corner

Articles

नेपालकाे विकासमा पर्यटनकाे भूमिका
- Suvani Karki - 29055, Grade V ... 17 June, 2024

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुन्दर देश हाे । आज नेपालमा वार्षिक १० लाख १४ हजार ८७८ पर्यटक भ्रमणका लागि आउने गरेका छन् । जुन कोभिड १९ पछिको पर्यटन उद्योगको लागि ठुलो सफलता हो । नेपाल सानो देश भए पनि यसले लाखौँ जनतालाई विभिन्न अनुभव र अनुभूति दिन सक्छ । यहाँ प्रश्न उठ्छ, के नेपालले वास्तवमा यहाँ रहेको प्राकृतिक स्रोत साधनको सदुपयोग गरिरहेको छ ? यो प्रश्नको जवाफ पाउन हामी गहिराइमा जानुपर्छ । केही अनुसन्धानका डाटाका साथ हामी प्रश्नको जवाफ दिन सक्षम हुन सक्छौँ । उदाहरणका लागि पोखरा, काठमाडौँ र कर्णाली प्रदेशको फोक्सुण्डो ताललाई लिन सकिन्छ । यी तीन ठाउँहरू आ-आफ्नै तरिकाले उत्तिकै सुन्दर छन् । तिनीहरू कुनै पनि पर्यटकका लागि नयाँ यात्राकाे गन्तव्य हुन योग्य छन् । यो सन् २०२३ मा पोखरा घुम्न आएका पर्यटकको सङ्ख्या १५ लाख, सोही वर्ष काठमाडौँ आएका पर्यटकको सङ्ख्या १ लाख १४ हजार ८ सय ८५ र सोही वर्ष २००० जनाले फोक्सुण्डो तालको भ्रमण गरेका थिए । अहिले पोखरा र काठमाडौँभन्दा फोक्सुण्डो ताल कम सुन्दर छ जस्तो लाग्दैन । तुलनात्मक रूपमा उत्तिकै सुन्दर भए पनि फाेक्सुन्डाे तालकाे भ्रमण गर्न जाने पर्यटकको सङ्ख्या निकै कम छ । यो क्रम जारी रह्यो भने पोखरा र काठमाडौँले पनि उस्तै समस्या भोग्नु पर्ने छ । काठमाडौँ नयाँ आगन्तुकहरूको लागि महत्त्वपूर्ण इतिहास हो तर प्रचार र प्रसिद्धिबाहेक अन्य ठाउँहरू पनि धेरै महत्त्वपूर्ण छन्। 

नेपालको भौगोलिक संरचना पनि धेरै पर्यटकका लागि आकर्षणको विषय हो । विभिन्न संस्कृति, परम्परा र विश्वास भएका क्षेत्रहरू बर्साैँदेखि विदेशीहरूका लागि मुख्य आकर्षणकाे केन्द्र बनेका छन् । हिमालदेखि समतल जमिन, पहाडदेखि उर्वर भूमि नेपालले हजारौँ मानिसलाई आकर्षित गर्न सक्छ तर दुर्भाग्यवश, यो अझै भइरहेको छैन । आजकल पर्यटकहरू पहाडमा देखिँदैनन् । सर्वोच्च शिखर सगरमाथा भएकाे देश अझै पर्यटककाे पर्खाइमा छ । नेपालको अर्थतन्त्रमा पर्यटन उद्योगको विशेष योगदान छ । नेपालको कूल गार्हस्थ उत्पादनको ६.७ प्रतिशत नेपालको पर्यटन उद्योगबाट आउँछ । यो वर्ष नेपालले धेरै पर्यटक को आर्थिक अवस्थामा परिवर्तन आउने छ । पर्यटन उद्याेगका कारण देशमा राेजगारीकाे सिर्जना हुन्छ । युवाशक्ति विदेश पलायन हुनबाट राेकिन्छन् । 


Read More
बुद्ध जयन्ती
- Pratyush Lohani - 31019, Grad ... 17 June, 2024

 हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व यस वर्ष बिहिबार भगवान बिष्णुकाे नवाैँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गाैतमले विश्वमा शान्ति स्थापनाका लागि पुर्याएका याेगदानकाे स्मरणस्वरूप मनाइयाे ।बुद्धकाे जन्म, ज्ञान प्राप्ति, मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायतका विश्वका बाैद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।बुद्ध जयन्तीमा बाैद्धधर्मावलम्बीहरू चैत्य, गुम्बा,विहारलगायत स्थलहरूमा जम्मा भएर पूजा गर्दछन् । लुम्बिनी, स्वयम्भू , बाैद्धलगायत स्थलहरूमा विविध कार्यक्रम आयाेजना गरी मनाइने गरिन्छ ।इसा पूर्व ५२८ काे वैशाख शुक्ल पूर्णिमाकाे दिन उनले वाेधिवृक्षमुनि बुद्धत्त्व प्राप्त गरे ।सम्यक सङ्कल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्म, सम्यक आाजीविका, सम्यक व्यायाम सम्यक स्मृति, र सम्यक समाधि गरी यी आठ मार्ग उनले बाँडेका ज्ञान हुन् ।

    यस् ज्ञान पहिलाेपटक सारनाथस्थित मृगदानवमा पञ्चवर्गीय भिक्षुहरूरूलाई प्रवचनका माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्ताे ज्ञान बाँडेपछि ८० वर्षकाे उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन उनले मृत्यु प्राप्त गरे । उनी शान्तिका अग्रदूत र एशियाका तारा भनेर चिनिन्छन्  । वि सं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वकाे अवसरमा देशभर सार्वजानिक बिदा दिन थालिएकाे हाे । विश्वशान्तिका अग्रदूत भगवान बुद्धकाे जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि  सार्वजानिक बिदा दिइँदै आएकाे छ ।  


Read More
प्रदूषण
- Snigdha Chaudhary - 30047, Gr ... 13 June, 2024

हामीले श्वास लिने हावा हानिकारक पदार्थको मिश्रणले प्रदुषित छ। प्राकृतिक रुपमा हुने भन्दा ज्यादा हाम्रो धर्ती,जल र वायुमण्डल मानव सिर्जित प्रदूषणले ज्यादा खराव भएको छ। मानवले आफ्नो जीवन यापनको गुणस्तरमा तीव्र विकास त गर्यो तर यसो गरिरहँदा वातारणमा भने नकारात्मक प्रभाव पारेको छ। जसको असर प्राकृतिक प्रणालीमा देखिएको छ। जीवहरूको स्वास्थ्यमा हानी पुगेको तथ्यले देखाउँछ।

संयुक्त राष्ट्र सङ्घकाअनुसार हरेक दश मध्ये नौ जनाले प्रदुषित हावामा सास फेर्ने गर्छन् र नेपालमा अहिले बर्षेनी ४२ हजार एक सयको मृत्यु दुषित वातावरणका कारण हुने गरेको ग्लोबल एयरको प्रतिवेदनमा उल्लेख छ।

हिउँदका महिनादेखि प्रि-मनसुन नहुँदासम्म नेपालको वायु प्रदूषणको स्तर अत्यन्तै खराव हुन्छ। वातावरण विभागकाअनुसार वायु प्रदूषणको मुख्य श्रोत अर्थात् आधाभन्दा बढी हिस्सा सवारी साधनबाट उत्पन्न हुने धुँवा हो भने वन जङ्गलमा लाग्ने डढेलोको पनि उलेख्य प्रभाव छ।

काठमाडौँ उपत्यकाको हावामा १० माइक्रोंनभन्दा साना धुलोका कण, सल्फर तथा नाइट्रोजन अक्साइड,

कार्वन डाइअक्साइड, कार्वन मोनोअक्साइड, हाड्रोजन, लिडका मात्रा विश्व स्वास्थ सङ्गठनले तोकेको मापदण्डभन्दा ज्यादा छ।

बायुमण्डलमा रहेका प्रदूषणका कणले ओजोन तह नाश गरेको छ र सोका कारण सूर्यबाट आउने हानिकारक विकिरण सिधै जीवहरूको सम्पर्कमा पुग्छ । जसले आँखा र छाला रोग बढाई रहेको पुल्चोक ईन्जीनियरिङ्ग क्याम्पसको वातावरण अध्ययन तथ्याङ्कले पुष्टि गर्छ।

सडक, चोक तथा गल्लीमा जहीँ तहीँ थुपारिएका फोहरले हानिकारक सूक्ष्म जीवाणु पैदा गराई रोग ब्याधि फैलाइरहेको छ। पानीका श्रोतहरूमा विषाक्त रसायन तथा फोहोर मिसाउनाले पानी प्रदूषित छ । तल्लो तहका मानिस तथा जीवहरूको प्रत्यक्ष स्वास्थ तथा जीवन प्रणालीमा नकारात्मक असर गरेको छ।

प्रदूषणकै कारण जलवायु परिवर्तन हुन पुगेको छ। अनुमानितभन्दा तीव्र पृथ्वीको तापक्रममा बृद्धि भएको छ।

पृथ्वी हाम्रो घर हो । यसको पर्यावरणलाई बचाउनु हाम्रो कर्तव्य हो। हामीले हाम्रो मात्र नभई सबैकाे जीवन प्रणालीको जीवन रक्षा हुने काम गर्नुपर्छ। भविष्यका सन्ततिका लागि पनि सुरक्षित पृथ्वी छोड्नुपर्छ। प्रदूषण कम गर्नुपर्छ अझ गर्नु नै हुँदैन।


Read More
इन्टरनेटकाे फाइदा र बेफाइदा
- Nayan Shakya - 29062, Grade V ... 12 June, 2024

इन्टरनेट भन्नाले विश्वको सबै आधुनिक सञ्चारका साधनलाई जोड्ने एक स्रोत हो । अहिलेको जमानामा इन्टरनेट सबैभन्दा महत्त्वपूर्ण चिज हो । सबै चिजका फाइदा बेफाइदा हुन्छन् । इन्टरनेटकाे पनि फाइदा र बेफाइदा छ ।

इन्टरनेटको माध्यमबाट हामीले विभिन्न कार्य गर्न सक्छौँ । हामीले गृहकार्य गर्नका लागि विभिन्न कुराहरू खोज्न सक्छौँ । यसै गरी आफूलाई नआएको कुरा पनि इन्टरनेटमा हामीले खोज्न सक्छौँ । इन्टरनेटकै माध्यमबाट कोरोनाजस्तो महामारीको वेला हामीले विभिन्न अनलाइन कक्षा लिन सकेका थियौँ । हाम्रो पढाइ यही अनलाइनले गर्दा जारी रहेको थियो | यही इन्टरनेटको माध्यमबाट हामीले आफूलाई नआएको विभिन्न चिजहरू खोज्न सक्छौँ । इन्टरनेटमा हामीले विभिन्न जानकारीका लागि भिडियो हेर्न सक्छौँ अथवा केही पढ्न सक्छाैँ | इन्टरनेटको कारण हामीले कक्षाकार्य गृहकार्य अनलाइनमै गर्न सक्छौँ । हामीले अनलाइनमै लेख रचना लेखेर आफ्नो शिक्षक शिक्षिकालाई पठाउन सक्छौँ । शिक्षक शिक्षिकाले पनि अनलाइनबाटै हाम्रो कामहरू हेर्न सक्नुहुन्छ । यो सजिलो पनि हुन्छ र यसले समयको पनि बचत गर्छ । इन्टरनेटको माध्यमबाट हामीले विश्वमा के भइरहेको छ भनेर पनि थाहा पाउन सक्छौँ । इन्टरनेटको माध्यमबाट हामीले आफूले आफूलाई मनोरञ्जन पनि गराउन सक्छौँ । इन्टरनेटको माध्यमबाट हामीले धेरै सजिलोसँग सामान पनि किन्न सक्छौँ । इन्टरनेटमा उपलब्ध भएका विभिन्न स्रोतहरूको प्रयोग गरी हामी मनले चाहेकाे सामान घरमै बसेर माग गर्न सक्छाैँ । हामीले माग गरेका  सामानहरू बजार प्रतिनिधिहरूले हाम्रो घरमै ल्याइदिन्छन् । इन्टरनेटकै माध्यमबाट हामीले  विश्वको कुनै पनि कुनामा बसेको मानिससँग कुराकानी गर्न सक्छौँ । इन्टरनेटका फाइदा धेरै छन् तर बेफाइदा पनि छन् । इन्टरनेटमा साना बालबालिकाले नराम्रा भिडियो हेर्न सक्छन् । इन्टरनेट पढाइको लागि मात्र नभएर अझै विभिन्न कामहरूको लागि पनि प्रयोग गर्न सकिन्छ । बालबालिकाले इन्टरनेटकाे दुरुपयोग गरी विभिन्न गेमहरू खेल्ने गर्छन् । यसले गर्दा हाम्रो पढाइ बिग्रिन्छ र हामीले आफ्नो समय मात्र बर्बाद गर्छाैँ । यी कामले हाम्रो भविष्य मात्र बिग्रिन्छ । इन्टरनेटको प्रयोग गरी बालबालिकाले आफ्नो अभिभावक तथा आफ्नो शिक्षक शिक्षिकालाई छल्नका लागि एआइको माध्यमबाट विभिन्न कुरा जेनेरेट गराई आफूले बनाएको भन्दछन् । यसले कसैको नभई आफ्नै भविष्य बिगार्ने गर्दछ तर यो गल्ती पुरै इन्टरनेटको पनि होइन । यसमा हामी मानिसहरूको पनि गल्ती छ । इन्टरनेटको गलत एउटा हामीले भनेको कुरा मात्र गरिरहेको छ । 

यसैगरी इन्टरनेटका धेरै बेफाइदाहरू छन् र फाइदाहरू पनि छन् । अन्त्यमा इन्टरनेट राम्रो कि नराम्रो हामीले प्रयोग गर्ने तरिकामा भर पर्दछ । त्यसैले हामीले इन्टरनेटको राम्रो प्रयोग गर्‍याैँ भने इन्टरनेट राम्रो हुन्छ । हामीले इन्टरनेटको दुरुपयोग गर्‍याैँ भने इन्टरनेट  नराम्रो हुन्छ।


Read More
शिक्षा
- Revati Maharjan - 31051, Grad ... 12 June, 2024

ज्ञान प्राप्त गर्नु ने शिक्षा हाे ।शिक्षा विभिन्न तरिकाबाट प्राप्त गर्न सकिन्छ । जस्तै ः हेरेर ,सुनेर,लेखेर ,पढेर आदि ।शिक्षा हाम्राे जीवनमा धेरै महत्त्वपूर्ण छ शिक्षा प्राप्त गर्न विद्यालय ,कलेज,घर आदिले मद्दत गर्छ । हामी सानाे हुँदा हाम्रा बाबु आामाबाट शिक्षा पायाैँ र अनुशासनकाे पाठ सिक्याैँ ।शिक्षा प्राप्त भयाे भने डाक्टर,पाइलट,इन्जिनियर ,शिक्षक आदि बन्न सकिन्छ ।शिक्षाले मानिस ज्ञानी,अनुशासित  र विद्वान बनाउँछ । शिक्षाबाट देश विकासमा मद्दत पुग्छ ।शिक्षा सबैले लिनुपर्छ । शिक्षा देवताकाे पनि देवता हाे भनेर संस्कृत श्लाेकमा पनि शिक्षाकाे महत्त्वबारे प्रष्ट पारिएकाे छ ।


Read More
If We Live Forever
- Barun Kadariya - 29053, Grade ... 11 June, 2024

Talking about life, it's always changing. We have certain things for everything. From birth to death, we all have many situations; sometimes sickness and sometimes irritation, sometimes happiness and sometimes joy. Everybody has a fear of death as it is a natural truth for everyone, every single living being. But what if someone discovers the formula that would enable us to live forever: would that be a blessing or a curse?

 

We already have a long life to go but if we live forever. Will it be a new and amazing thing which will develop the whole world or be a curse? Shortly after people stop to die, firstly the children will be affected. The reading time will be much more and adulthood will also change with the age difference. In my opinion, life cycle changes with the ecosystem having a negative impact in a scientific way by the increase in population which will increase the chance of global warming as the resources are going to be exploited more due to the growth in population. Now, in this time period, if humans are born, they will be suffering from a long childhood which will indeed be boring. With the increase in many crises, many people will commit crazy things like jumping off a building, lying at the railway line, and other stuff as they will not get hurt and also not die. If it's not like it and the age is going to pass out day by day, people can be worried since at one point, they will be old and henceforth, they will be weak. After this day, we are going to suffer forever. Time will then reassert the importance of death to people. After this situation, life will be like a situation of neither dead nor alive. After a few years only, we will become like Zombies. This can be affected by evolving humans into some other creatures and then again that cycle will repeat as humans are only allowed to live forever. I said that by transformation the human will not be human and nothing like human would be on the earth, which will again recover the ecosystem and also the life cycle.

 

What is the middle time? All the people are going to have a lot of problems as there will not be enough land for every single population which is going to grow every single day. A human needs a lot and many things for survival, like woods from the trees to make a house for fire and also for furniture. Like that only they also need many types of metals for the development and all the other things to make for the housing. They will also need wool from the animals for the clothes. Because of the huge population of humans and the animals, we do not get enough space to live. The ecosystem would be harmed and many animals would lose their lives and new species would not be found. There will also be a lot of new factories and when people do not get enough places to work, the population would increase more. Hence, global warming will also increase day by day and the greenhouse effect will destroy the whole world from which humans can also die now, so they will soon be roaming around the space in an empty vacuum with no sound and no one. Also, they will be flying out of the galaxy. By this, tsunamis will occur on the earth, the buildings will be destroyed, and all the animals will also die forever and never be found again.

 

Hence, if the people live forever, it will affect the world in a worse possible way as the ecosystem will be imbalanced and the many species of animals will also be extinct. If humans would live forever, it would also create problems for them to live in peace.

 


Read More
पानीको महत्त्व
- Subiggya Sharma - 30069, Grad ... 11 June, 2024

पानी भनेको हामी सबैलाई चाहिने महत्त्वपूर्ण वस्तु हो। पानी बिनाको संसार  हामी सोच्न पनि

सक्दैनौँ । यस विश्वमा भएका हरेक मानिस, जीवजन्तु, रुख, बोटबिरुवाहरूलाई पनि पानी चाहिन्छ।

हाम्रो पृथ्वी पनि ७०% पानीले बनेको छ । हाम्रो शरीर पनि ६०-७०% पानी नै हो । मानिसले

खाद्यान्न उत्पादनको लागि गर्ने कृषि र सम्पूर्ण खेती पानीमा निर्भर छ। त्यसैले पानी धेरै

महत्त्वको विषय हो।

अहिले मौसम परिवर्तन हुँदै गर्दा पानीको कमी हामीले भोगिरहेका छौँ । हामीले चाहिने बेला

मात्र धाराहरू खोल्नुपर्छ र अरु बेला बन्द गर्नुपर्छ। कतै धारा चुहिरहेको देखेमा बन्द गर्नुपर्छ

अथवा आफूभन्दा ठुलोलाई खबर गर्नुपर्छ । झन् गर्मी महिनामा त पानीको धेरै उपयोग हुन्छ।

त्यसैले हामीले पानी बचाउनुपर्छ । गर्मीमा आफ्नो शरीरमा पानीको मात्रा मिलाउन रसिलो र

पानीको मात्रा धेरै भएको खाने कुराहरू खानुपर्छ जस्तै काँक्रो, खरबुजा, आदि।

ठिक मात्रामा सफा पानी पिएमा धेरै रोगबाट बच्न सकिन्छ। पानीको उपयोग र महत्त्व बुझेर पानी नै जीवन हो भन्न सकिन्छ।


Read More
नारायणहिटी दरबार भ्रमण (संवाद)
- Sumedha Adhikari - 29036, Gra ... 10 June, 2024

( सरस्वती माध्यमिक विद्यालयमा पढ्ने पाँच कक्षाका बालबालिकाहरू नारायणहिटी दरबार घुम्न आएका छन् । उनीहरूले दरबारको सबै कोठाहरूको अवलोकन गर्दै एकअर्कासँग कुरा गर्न थाल्छन् र शिक्षकहरू पनि एकअर्कासँग कुरा गर्न थाल्नुहुन्छ ।)

 

राधा : नारायणहिटी दरबार त धेरै नै रमाइलो रहेछ है? 

शिखर:  हो त नि !

रानु  : तिमीहरूले थहा पायौ ? 

राधा : के रानु ?

रानु : ल, अहिलेसम्म थहा पाएका छैनौ ? 

राम : भन न भन, तिमीले भन्यौ  भने पो हामीलाई  थाहा  हुन्छ  त ।

सबै : त्यही त भन न !

रानु : नारायणहिटी दरबारको  पछाडि त एक सुन्दर चौतारी छ रे नि !

राधा : हो  र तिमीले  चाहिँ कसरी थाहा  पायौ ?

रानु  : मेरो  बाबाले  भन्नुभएको ।

राधा : मलाई त त्यो चौतारी हेर्न कस्तो मन लागिसक्यो ।

शिखर : भने पछि, आऊ न त शिक्षकसँग कुरा गरौँ ।

रानु :  सर !

 

(अरू शिक्षकहरूसँग कुरा  गरिरहनुभएकाे चन्द्र सरले रानुलाई पुलुक्क हेर्नुहुन्छ ।)

चन्द्र सर : के भयो  रानु ।

रानु : नारायणहिटी दरबारको  पछाडि एक सुन्दर चौतारी छ रे। त्यो  चौतारी हेर्न जाऊँ न सर ।

चन्द्र सर : भइहाल्छ नि । ल आऊ न त ।

 

( सबै जना नारायणहिटी दरबार पछाडिको चौतारी हेरेर रमाइरहेका हुन्छन् ।)

 

 चन्द्र सर : अब भित्र जाऊँ । भित्र भएका सामानहरूको पनि अवलोकन गरौँ ।

सबै : हुन्छ सर ।

राम : यहाँ हेर त राजाको कस्तो सुन्दर श्रीपेच ।

राधा : आहा ! यो श्रीपेच त सारै नै सुन्दर पो रहेछ ।

सबै : हो त नि ।

रानु : यो श्रीपेच कस्ता कस्ता सामग्रीले बनेकाे हो राम ?

राम : खै, यो त मलाई पनि थाहा छैन ।

राधा :  चन्द्र सर ! यो अत्यन्त सुन्दर श्रीपेच कस्ता कस्ता सामग्रीबाट बनेकाे हाे  ?

 

चन्द्र सर: श्रीपेच सुन, हीरा, मोतीजस्ता महङ्गा धातुहरूले बनेको हुन्छ । त्यो पछाडि देखिएको  पुच्छर  चराको  प्वाँखले बनेको हो ।

शिखर : लमजुङ कोठा, धादिङ कोठा, स्याङ्जा कोठा, कास्की कक्ष भनेर कोठाहरूको नाम किन राखिएको होला ।

 

राधा : किनभने आफ्नो देशभित्रको महत्त्व देखाउनको लागि कोठfहरूको नाम राखिएको  हो ।

राम : यी कोठामा सजाएक सामानहरू पनि फरक फरक रहेछन् ।

रानु : हो नि ! राजारानीले विभिन्न मानिसहरूसँग भेटघाट गर्नका लागि कोठाहरू पनि  फरक फरक रहेका रहेछन् ।

राधा : अब विद्यालय पनि जाने बेला भइसक्यो । आजको शैक्षिक भ्रमणले गर्दा त मैले इतिहासको बारेमा धेरै कुरा थहा पाएँ । यो शैक्षिक भ्रमण त म कहिल्यै बिर्सन सक्दिनँ ।

सबै : हामी पनि बिर्सन सक्दैनाैँ ।

 

( सबै जना स्कुलको गाडी चढेर स्कुल जान्छन् ।)


Read More