Logo

Student Corner

Articles

पैदल यात्रा
- Bibhuti Pathak - 34044, Grade ... 21 March, 2024

म वि.सं २०८० साल माघ १९ गते शुक्रबारका दिन विद्यालयबाट मेरा साथी र शिक्षकहरूसँग पैदल यात्रा गएकी थिएँ । हामी सिफलदेखि कपन र कपनबाट फूलबारी गुम्बासम्म गएका थियौँ । हामीले बसमा रमाइलो गर्दै नाचगान गर्‍याैँ । हामी गफ गर्दै अगाडि बढ्यौँ । हामीले यात्रा गर्दा विभिन्न यातायातहरू र ठुला ठुला घरहरू पनि देख्यौँ । गाडी कपन पुगेर रोकियो। त्यहाँदेखि हामीले फूलबारीसम्म पदयात्रा गरेर पुग्नु थियो । हामी बाटोमा खानेकुरा खाँदै खाँदै गयौँ ।  मेरा साथीहरू निकै उत्साहित थिए । हामीले बाटोमा विभिन्न ठाउँहरूको अवलाेकन गर्‍याैँ । हाम्रो यात्रा फूलबारी गुम्बामा पुगेर सफल भयो । हामीले त्यहाँ पुगेर नाचगान र खानपिन गर्‍यौँ। त्यहाँको दृश्य हेरेर हामीलाई निकै रमाइलो लाग्यो । त्यसपछि  हामी विद्यालयतर्फ लाग्याैँ । हाम्राे भ्रमण निकै लामो र रमाइलो थियो । यस यात्राका लागि म मेरो विद्यालय र गुरुआमालाई धन्यवाद दिन्छु। 


Read More