Logo

Student Corner

लोकतान्त्रिक गणतन्त्र

Written by: Sambridhi Gelal - 29063, Grade VIII

Posted on: 31 May, 2024

लोकतन्त्र ग्रिक शब्द "देमोस "र "क्रतोस" बाट उत्पत्ति भएको मानिन्छ । देमोस भनेको जनता र क्रतोस भनेको शासन भनेर बुझिन्छ । लोकतन्त्र प्रजातन्त्रको अर्को शब्द हो। त्यसैले, प्रजातन्त्र भनेको जनताको शासन हो । पाचौँ शताब्दीतिर रोममा प्रजातन्त्रको अभ्यास सुरु भयो । तेह्रौँ शताब्दीतिर बेलायतमा प्रजातन्त्रको अभ्यासलाई व्यवस्थित गरिएको थियो । पछि विकास हुँदै जाँदा दोस्रो विश्वयुद्धपछि प्रजातन्त्रको व्यापक अभ्यास हुन थाल्यो । नेपालमा भने लोकतन्त्रको सुरुवात वि.सं. २००७ मा भएको हो । केही वर्षसम्मको अवधिमा राजनीतिक परिपक्वता तथा संस्कारको अभावमा प्रजातन्त्रको विकास आशा गरेअनुसार भएन । यसै क्रममा वि.स. २०१७ मा पञ्चायती व्यवस्थाको सुरुवात भएसँगै प्रजातन्त्रको विकासमा धेरै बाधा आयो । त्यसपछि वि.सं. २०४६ पछि लोकतन्त्रको पुनःस्थापना भयो । जनतामा राजनीतिक चेतनाको विकास हुने क्रम सुरु भयो । 

 

त्यसपछि वि.सं २०६२/२०६३ तिरको दोस्रो जन आन्दोलनपछि मात्र लोकतन्त्र शब्दको प्रयोगले व्यापकता पायो । अहिले लोकतन्त्रलाई सबैभन्दा उत्तम शासन व्यवस्था मानिन्छ । किनभने वि.सं. २०६२/६३ तिर लोकतन्त्रलाई जनताको शासनका रूपमा लिने परिपाटीको सुरुवात भएको थियो । लोकतन्त्र यस्तो व्यवस्था हो जसमा जनताले छानेका प्रतिनिधिहरूले शासन गर्दछन् र त्यस प्रतिनिधिहरूले जनताको इच्छाअनुसार शासन गर्नुपर्दछ । यदि त्यस्तो नगरे अर्को निर्वाचनमा जनताले दण्डित गर्दछन् । लोकतन्त्रमा जनताद्वारा छानिएका प्रतिनिधिहरूले सरकार प्रमुख वा राष्ट्रप्रमुख छनोट गर्दछन । यसरी राष्ट्रप्रमुख जनताबाट निर्वाचित प्रतिनिधिको शासन व्यवस्थालाई नै लोकतान्त्रिक गणतन्त्र मानिन्छ ।

 

नेपालमा वि. सं २०६५ भन्दा अघि संवैधानिक राजतन्त्र थियो तर वि.सं. २०६५ जेठ १५ गते सविंधान सभाको पहिलो बैठकले नै नेपालमा गणतन्त्रको स्थापना गरेको थियो । नेपालमा सङ्‌घीय प्रणालीअनुसार शासन व्यवस्था सञ्चालित गरिएको छ। त्यसैले लोकतन्त्र जनताको शासन व्यवस्था हो।