Logo

Student Corner

Articles

मेरो परिवार
- Aarav Shrestha - 35033, Grade ... 22 July, 2024

मेरो नाम आरभ श्रेष्ठ हो । मेरो परिवार सानो छ । मेरो परिवारमा चार जना सदस्य छन् । मेरो बुबाको नाम राजन श्रेष्ठ हो । उहाँ बैङ्कमा काम गर्नुहुन्छ । मेरी आमाको नाम मुना श्रेष्ठ हो । मेरी आमा अस्पतालमा काम गर्नुहुन्छ । मेरी दिदीको नाम आश्रा श्रेष्ठ हो । उहाँ कक्षा ७ मा पढ्नुहुन्छ । मेरो बुबाले हामीलाई कथा सुनाउनुहुन्छ । मेरी आमाले हामीलाई मिठो खाना पकाएर खुवाउनुहुन्छ । गृहकार्य सिकाउनुहुन्छ । हामी फुर्सदको समयमा घुम्न जान्छौँ । मलाई मेरो परिवारका सदस्यले धेरै माया गर्नुहुन्छ । मेरो परिवार सुखी परिवार हो । हामी सधैँ एकअर्कालाई माया र सम्मान गर्छौँ । 


Read More
आफ्नाे बारेमा
- Noya Poudel - 35014, Grade II ... 18 July, 2024

मेरो नाम नोया पौडेल हो । मेरो सानो परिवार छ । मेरो परिवारमा म, मेरी आमा र मेरो बुबा जम्मा तीन जना बस्छौँ । मेरो बुबाको नाम रमेश पौडेल हो । उहाँ ३८ वर्षको हुनुहुन्छ । मेरो बुबा अफिस जानुहुन्छ । मेरी आमाको नाम मुना खनाल हो ।  उहाँ ३३ वर्षकी हुनुहुन्छ । मेरी आमा घरबाट नै विभिन्न काम गर्नुहुन्छ । हामी एकअर्कालाई धेरै माया गर्छौँ । हामी बेलाबेलामा रमाइलो गर्न घुम्न जान्छौँ । मलाई बुबाआमाले धेरै राम्रा कुराहरू सिकाउनुहुन्छ । मलाई परिवारसँग गीत बजाएर नाच्दा सबैभन्दा रमाइलो लाग्छ । हामी सबैजना मिलिजुली घरको काम गर्छौँ । मेरो परिवार धेरै असल र प्यारो छ । मलाई परिवारसँग हुँदा सुरक्षित महसुस हुन्छ र धेरै खुसी लाग्छ। 


Read More
भानुभक्त आचार्य
- Vedanga Aryal - 34018, Grade ... 17 July, 2024

‘भर् जन्म घाँस तिर मन् दिई धन कमायो

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो’

 नेपाली भाषाका आदिकवि भानुभक्तको जन्म वि.सं १८७१ असार २९ गते तनहुँको रम्घा भन्ने गाउँमा भएको थियो। उहाँको पिताको नाम धनञ्जय आचार्य र माताको नाम धर्मावती हो । उहाँले आफ्नो हजुरबुबासँग घरमै बसेर पढ्नुभएको थियो । हजुरबुबाले संस्कृतका श्लोकहरू वाचन गर्दा उहाँलाई सुनेर नै सबै कण्ठ हुन्थ्यो। यसबाट उहाँलाई नेपाली भाषामा कविता लेख्ने प्रेरणा मिल्यो । उहाँले संस्कृत भाषाको ‘रामायण’ नेपाली भाषामा अनुवाद गरी प्रस्तुत गर्नुभयो । यो पुस्तक सबैलाई मन पर्ने पुस्तक हो । घाँसीबाट समेत प्रभावित भई उहाँले कविताको रचना गर्नुभएको थियो। उहाँका कृतिहरू भक्तमाला, वधूशिक्षा, प्रश्नोत्तर आदि प्रसिद्ध छन् । यस्ता प्रतिभावान व्यक्ति वि.सं १९२५ साल असोज ६ गते यस संसारबाट बिदा हुनुभयो । आज उहाँ हामी माझ नभए पनि हामी सबैका मन मुटुमा उहाँ अमर हुनुहुन्छ । उहाँको सम्झनामा हरेक साल असार २९ गते धुमधामका साथ भानुजयन्ती मनाइन्छ ।


Read More