Logo

Student Corner

होली

Written by: Pranish Pandey - 34022, Grade III

Posted on: 23 July, 2024

होली सम्पूर्ण हिन्दुहरूको महान चाडपर्व हो । होली रङहरूको चाड पनि हो । यो पर्व फागु पूर्णिमाको दिन मनाइन्छ । यो पर्व हिमाल, पहाड र तराईमा दुई दिन मनाइन्छ । एक आपसमा रङ घसेर खुसियाली मनाउने चाड भएकोले होलीलाई रङहरूको पर्व पनि भनिन्छ । धेरै थरीका रङहरू लगाएर, पानीको लोला बनाएर एकआपसमा मिलेर होली खेलेर मनाइन्छ । होलीमा मिठा मिठा खानेकुरा खाएर खुसीको साथ आफ्नो परिवारसँग रमाइलो गरिन्छ।