Logo

Student Corner

आदिकवि भानुभक्त आचार्य

Written by: Abhinya Ghimire - 34042, Grade III

Posted on: 25 July, 2024

भानुभक्त आचार्यलाई नेपाली साहित्यको क्षेत्रमा आदिकविको रूपमा चिनिन्छ । उनी नेपाली साहित्यका प्रतिष्ठित कवि हुन् । उनको जन्म  वि.सं १८७१ असार २९ गते  तनहुँको रम्घामा भएको थियो। उनका बाबुको नाम धनञ्जय आचार्य, माताको नाम धर्मावती र बाजेको नाम पण्डित श्रीकृष्ण आचार्य हो । घाँस काट्ने घाँसीको कामबाट प्रभावित भएर उनले संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर सबै नेपालीले बुझ्ने गरी परिचित गराए । उनले लेखेका अन्य महत्त्वपूर्ण कृतिहरूमा भक्तमाला, वधूशिक्षा, प्रश्नोत्तरी आदि पर्दछन् । उनका कृतिहरू नेपाली समाजमा अत्यन्त प्रिय छन् । उनको योगदानको सम्मानमा भानुजयन्ती मनाइन्छ । भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा अमूल्य योगदान पुर्‍याएका छन् । उनका कृतिहरू आज पनि नेपाली साहित्यमा महत्त्वपूर्ण स्थानमा छन् ।