Logo

Student Corner

Articles

मेरा बिदाकाे दिन
- Sujeev Sapkota - 33056, Grade ... 07 March, 2024

शनिबार बिहानै बिदाकाे दिन म र मेरो परिवार दोलखाको यात्रामा हिँड्यौँ । करिब ६ बजेको थियो। वातावरण निकै रमाइलो थियो । धेरै समयपछिको लामो यात्रा भएकाले हामी निकै उत्साहित थियौँ । हामीहरू बाटोमा रमाउँदै गयौँ । खाजा खायौँ । त्यसपछि हामीहरू दोलखा पुग्यौँ । मेरी हजुरआमालाई भेट्यौँ ।  सबैजना जिरी गयौँ । त्यहाँ धेरै रमाइला ठाउँहरू थिए । त्यहाँ हामी केही रमाइला ठाउँहरूमा घुम्यौँ । त्यसपछि हामी चरिकोट आएर बास बस्यौँ । भोलिपल्ट बिहानै हामी कालिञ्चोक मन्दिर दर्शन गर्न गयौँ । त्यहाँ हामीले धेरै रमाइलो गर्‍याैँ । फर्केर हामी दोलखा भीमसेनको दर्शन गरेपछि खाजा खायौँ । चरीकोट घुमेर घर गयौँ  र बेलुका भात खाएर सुत्यौँ। अर्को दिन बिहान उठेर म र मेरो भाइ मिलेर खेल्यौँ । हामीले खाना खायौँ र तयारी भएर फेरि काठमाडौँ रमाउँदै आयौँ । 


Read More