Logo

Student Corner

Articles

दसैँ
- Apurba Gopal Aryal - 33043, G ... 12 February, 2024

 नेपालीहरूको ठुलो चाड दसैँ हो । दसैँमा विद्यालय र अफिस धेरै दिन बिदा हुन्छ। दसैँमा मिठा मिठा खाना खाइन्छ। नयाँ लुगा किनिन्छ । दसैँमा देवीको पूजा गरिन्छ । घरमा मासु चिउरा र विभिन्न परिकार बनाएर खाइन्छ । दसैँमा नौ दिनसम्म दुर्गा भवानीको पूजा गरिन्छ। दसैँमा सबैजना टाढा गएका मानिसहरू आफ्नो घर फर्किन्छन् र आफ्नो परिवारसँग हाँसी खुसी बस्दछन् । दसैँको दसाैँ दिनमा टीका र जमरा लगाइन्छ । मैले यसपालिको दसैँमा धेरै दक्षिणा पाएँ । मेराे सबै दक्षिणाहरू खुत्रुकेमा राखेको छु। दसैँमा धेरै मानिसहरू विभिन्न ठाउँमा घुम्न जान्छन् । म पनि यो दसैँमा थाइल्याण्ड घुम्न गएँ । दसैँमा मैले पनि नयाँ लुगा पाएँ । दसैँमा मेरो घरमा निकै रमाइलो भयाे । म अब अर्को दसैँमा अझै रमाइलो गर्छु भन्ने सोच राखेको छु र टीका लगाएर आएकाे पैसाले म आर्थिक स्थिति कमजाेर भएका मानिसहरूलाई सहयाेग गर्न चाहन्छु । मलाई दसैँमा तास खेलेर पैसा उडाएको मन पर्दैन। दसैँ सिद्धिएपछि तिहार आउँछ । तिहार दसैँभन्दा पनि रमाइलो हुन्छ । तिहार पनि सकिएपछि नेपालमा जाडो महिना सुरु हुन्छ ।


Read More
मेरो दसैँको बिदा
- Kashvi Satyal - 33010, Grade ... 08 February, 2024

दसैँ बिदामा पहिलो हप्तामा म मेराे ठुलाबाको घर गएर टीका लगाएर दसैँ मनाएँ । त्यहाँ ठुलीआमा र फुपूहरूले बनाउनुभएको खानेकुरा एकदमै मिठो थियो । त्यहाँ एउटा जुली भन्ने कुकुर पनि थियो । मैले जुलीसँग धेरै बेर खेलेँ । मेरा ठुला दादा, साना भाइहरू र बहिनीहरूसँग पनि मैले धेरै रमाइलो गरेँ । धेरै फोटो पनि खिच्यौँ । टीकाको भोलिपल्ट हामी बिहानै ५ बजे गाडीमा धरानको मामाघरतिर लाग्यौँ । हामीले बाटो थाहा नपाएर दुई घण्टा धरानतिर नजाने नै बाटो हिँड्यौँ । त्यसैले हामी मामाघर पुग्दा रातिको ८ बजेको थियो । भोलिपल्ट म मेरा दिदीहरूसँग खेलेँ । मैले कुखुरा, बाख्रा, खसी र चल्लाहरूसँग पनि खेलेँ । मामाघरकी हजुरआमाले टीका लगाइदिनु भयो र हजुरआमाले टीका लगाइदिँदा मन्त्र मैले नै पढेको थिएँ । मामामाइजू र ठुली आमाले पनि हामीलाई टीका लगाइदिनुभयो । बेलुका हामी ठुलीआमाको घरमा गयौँ र म त्यहाँ दिदीसँगै सुतेँ । भोलिपल्ट हामी बराह क्षेत्र मन्दिर गयौँ । मन्दिर सप्तकाेसी नजिकको किनारमा थियो र हामीले त्यहाँको सानो खोलामा पौडी खेल्यौँ । म अर्को मामाको घरमा गएर पोखरीमा माछा समातेँ  र भोलिपल्ट हामी इटहरीको वाटरपार्कमा रमाइलो गर्‍याैँ । एक हप्ता जति बसेर म मेरा मामासँग काठमाडौँ फर्किएँ ।


Read More
My First Hiking
- Yug Shrestha - 33034, Grade I ... 07 February, 2024

One of my memorable days was my first-ever experience hiking with the school, grade 3 teachers, and students. We thought the hike was going to be held on the 17th of Bhadra 2080, as per the school calendar. Due to the rainy season, it was cancelled. Since I had already bought a pair of hiking shoes, I was quite disappointed to hear it. Surprisingly, our teacher announced that we were going to hike ‘Jagdol to Tareveer’ on May 19, 2080, Friday. When I heard about the news, I was super excited.

For the hike, I prepared Mo-mos, chocolate milk, vanilla milk, pizza biscuits, oranges, glucose water, dairy milk, and Kit-Kat. We went to Jagdol by bus and started our hike at 11 a.m. The hiking route was full of natural beauty, such as different types of birds, various types of plants, and a river stream with the clearest water I have ever seen. We walked very slowly, enjoying everything that came along the way, except for some people throwing trash in nature. We took a lot of photos. After two hours of walking, we ate our snacks. I shared my snacks with my friends. My teachers and friends were telling me not to touch the water. I like natural water, so I could not help it. I did not listen to them anyway, and I ended up getting my leg wet. I would like to apologise to my teachers for not listening to them. I had a lot of fun on my first hike with my friends and teachers. Thank you, Deerwalk Sifal School, for making one of my dreams come true.


 


Read More