Logo

Student Corner

Articles

हात्ती
- Brisha Maharjan - 34031, Grad ... 19 February, 2024

मलाई मन पर्ने जनावरको नाम हात्ती हो । हात्ती एक शाकाहारी जनावर हो । हात्तीले घाँस, पानी र फलफूल खान्छ । हात्ती ठुलो जनावर हो । मैले हात्ती देखेको छु । हात्ती हात्तीसारमा बस्छ । हात्ती खैरो रङको हुन्छ । हात्तीको दुईवटा आँखा हुन्छन् । हात्तीको चारवटा खुट्टा हुन्छन् । हात्ती जङ्गलमा देखिन्छ । हात्तीको बच्चालाई छावा भनिन्छ । हात्तीको सुँड लामो हुन्छ । हात्तीको दुइटा ठुला दाह्रा पनि हुन्छन् । हात्तीको कान ठुला हुन्छन् । हात्ती सबैभन्दा बलियो जनावर हो । हात्तीले भारी र मानिसलाई बाेकेर सहयोग गर्छ । चिडियाखानामा पनि हात्ती छ । मैले हात्तीलाई केरा खुवाएकाे छु ।


Read More
दसैँ
- Anshika Karmacharya - 33032, ... 16 February, 2024

 दसैँ पर्व नेपालीहरूको सबैभन्दा ठुलो चाड हो । धेरै रमाइलोका साथ दसैँ मनाइन्छ । दसैँ पर्वले मानिसमा खुसी ल्याउँछ । दसैँ नेपाली महिनाको असोज महिनामा पर्दछ। यो पर्व नौ दिनसम्म मनाइन्छ । यस पर्वमा मानिसहरू मिठा मिठा खानेकुराहरू खान्छन् । दसैँको पहिलो दिन घटस्थापनामा जमरा राखेर पूजा गरिन्छ । घटस्थापनाको दिन सुरु भई यो पर्व विजया दशमीको दिन हुँदै काेजाग्रत पूर्णिमाकाे दिन समाप्त हुन्छ । यो पर्वको नौ दिनसम्मलाई नवरात्री भनिन्छ । सातौँ  दिनलाई अष्टमी भनिन्छ अनि नौ दिनलाई नवमी भनिन्छ । यस दिन कुमारी पूजा पनि गरिन्छ र बोका, हाँस र कुखुराको बलि चढाइन्छ । यस दिन तलेजु मन्दिर घुम्न पनि पाइन्छ । टीकाको दिन अर्थात् दसैँको मुख्य दिन दसाैँ दिनलाई विजया दशमी भनि। यस दिन मानिसहरूले निधारमा रातो टीका र टाउकाेमा पहेँलो जमरा र ठुला बडाको आशीर्वाद लिने गर्दछन् । आफन्तको घरमा भेट्न र मिठो खाना खान जान्छन् । टीका र जमरा लगाउँछन् । परिवारका सदस्यहरू सबै भेला भएर रमाइलो गर्ने पर्व हो । यो पर्व मनाउन मानिसहरू टाढा टाढाबाट आफ्नो घर सम्झेर आउँछन् । दसैँ धेरै रमाइलो चाड हो ।


Read More