Logo

Student Corner

तिहार मेराे अनुभव

Written by: Sufiyana Ghimire - 2026024, Grade VI

Posted on: 21 December, 2020

नेपाल धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश हाे । भौगोलिक विविधतासँगै  यहाँका मानिसहरूले पनि विभिन्न चाडपर्वहरू मनाउँछन् । दसैँपछिकाे दाेस्राे चाड तिहार उनीहरूले मनाउने मध्ये एक हो ।  तिहार भनेको आफ्नो परिवारसँग बसेर आफ्नो दु:ख र सुखको बारेमा कुरा गर्ने चाडपर्व हो । यस चाडले कामबाट छुट्टिएका  परिवारहरूलाई एक साथमा ल्याउँदछ र हामी बीचको माया अझै बढ्छ। तिहार पाँच दिनसम्म मनाइन्छ । याे बिचमा हामी कुकुर, काग र गाईको पनि पूजा गर्छौं । यो पर्वमा हामीले आफ्नो दाइ वा भाइलाई टीका लगाइ दिन्छाैँ र मिठामिठा परिकार बनाएर खान पनि दिन्छाैँ ।  

यसपटक मसँगै मेराे परिवारले लक्ष्मीपूजाका दिन रङ्गोली पनि बनायाैँ तर यसपाली  साथीहरूसँग देउसीभैलेा चाहिँ खेलेनाैँ । यसपटक मैलेआमाबुबा सँगसँगै खुरमा, फिनी, र सिन्के रोटीजस्ता परिकारहरू बनाएर रमाइलाे गरेँ । भाइटीकाका दिन  भाइ र दाइलाई टीका र माला लगाए दिएँ ।

 कोरोना भाइरस महामारीका कारण पाेहाेरजस्ताे रमाइलाे याे सालकाे तिहार हुन सकेन । जहाँ पनि डर त्रासमा देखिन्थ्याे । हुन शरीर रह्याे भने चाडपर्व त अर्काे साल पनि मनाउन सकिन्छ । त्यही कुरालाई हामी सबैजनाले स्वीकार पनि गरेका थियाैँ । अनि अहिले आवश्यकता पनि यही त हाे नि । है न र!