Logo

Student Corner

उसको आवाज

Written by: Krituka Sapkota - 2024007, Grade VIII

Posted on: 15 December, 2020

" नाई आमा , नाई बाबा " भनेर मिरा रुदै कराइन् |

 

एक साल आगाडिको कुरा हो |

 

मिरा नाम  गरेकी एक किशोरीले आफ्नो कामुकताको बारेमा आफ्नो परिवारबाट लुकाइरहेकी थिई । ऊ उभयलिङ्गी भएको कुरा उसले आफू १५ वर्षकी भएपछि थाहा पाएकी थिई ।

 

ऊ पुरुष र महिला दुबैप्रति आकर्षित हुन थालेकी थिई । सुरुमा ऊ धेरै अलमल्लमा परेकी थिई । एक दिन ऊ यूट्यूब हेर्दै गर्दा उसले आफूजस्तै व्यक्तिहरूको  भिडियोहरू भेट्टाई ।यसरी उसलाई उसको वास्तविक चिनारी थाहा भयो । ऊ यो कुराले निकै डराएर एक वर्षको लागि उसको परिवार र अभिभावकबाट अाफ्नाे वास्तविकता  लुकाएर राखी |

 

एक दिन उसले यो कुरा आफ्नो परिवारलाई भन्ने निर्णय गरी  तर उसले आफ्नो परिवारलाई यो कुरा भनेपछि उनीहरू यो कुरामा पूर्ण रूपमा असहमत भए । मिरा आफ्ना भाइ बहिनीलाई आफूजस्तो भएको देख्न चाहिन । उसको परिवारले एउटा उभयलिङ्गीलाई जन्म दिएको होइन भनेर उसलाई घरबाट निकाले । ऊ आफ्नो मिल्ने साथीको घर गएर सबै कुरा भनी तर उसले पनि मिरालाई स्वीकार गरिन । ऊ मद्दतको खोजीमा अरू पनि साथीहरूको घर गई । कोहीले आफ्नो आमा बाबुले मान्दैनन् भने त कसैले आफ्नो आर्थिक अवस्था कमजाेर भएको बताए ।

 

ऊ अब जाने ठाउँ थिएन  र मद्दत गर्ने पनि कोही थिएन । उसले कामको खोज गरी । काम गर्ने उमेर नपुगेर उसले केही काम पाइन  ।ऊ बाटो छेउ सुत्न थाली । उसको आवाज निकै राम्रो थियो । यसरी उसले बाटोमा गीत गाएर पेट भर्ने पैसा जुटाउथी । एक दिन ऊ बाटोमा गीत गाउदै गर्दा एउटी महिलाले उसलाई देखिन् । उनलाई मिराको आवाज पनि सारै मिठो लग्यो । उनले मिरालाई उसको बारेमा सोधिन् । मिराको बारेमा सुनेर उनी निकै दुखी भइन् । त्यसपछि उनले मिरालाई अपनाइन् । उनले मिरालाई आफ्नै बच्चा जसरी माया गरेर उसलाई राम्रो जीवन दिइन् । मिराले गीत गएर युट्युबमा हालिन् र त्यो गीत देशभरि फैलियो ।

 

 यसरी मिराले प्रसिद्ध भएर सुखी जीवन पाई । उसका परिवारलाई पनि उसलाई घरबाट निकालेकाेमा पछुतो भयो |