Logo

Student Corner

सगरमाथा

Written by: Sambid Dhakal - 30028, Grade IV

Posted on: 30 September, 2021

हाम्राे देश नेपाल  हिमाल पहाड र तराई मिलेर बनेको देश हो । यहाँ उत्तरदेखि मध्यपहाडसम्म धेरै खालका पर्वतहरू रहेका छन् ।  कुनै पर्वतहरू हरिया रूखहरूले भरिएका छन् भने  कुनै पर्वतहरू हिउँले ढाकिएका छन् ।  कुनै पर्वतहरू रुखबिरुवा बिना नाङ्गै पनि रहेका छन् ।  हरिया रुखहरूले भरिएका पहाडहरू हेर्दा पनि हाम्रो मन आनन्दित हुन्छ भने अझ हिउँले ढाकिएका पर्वतहरू देख्दा त हामी सबैको मन नै लोभिन्छ । 

 नेपालको उत्तरपट्टि बाह्रै महिना चाँदी झैँ  टल्किने हिमालहरू छन् ।  विश्वमा हिमालको देश भनेर चिनिने हाम्रो देश नेपालमा आठ हजारभन्दा  अग्ला आठवटा हिमालहरू छन् ।  ती हिमालहरूमध्ये सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो।  यो सोलुखुम्बु जिल्लामा पर्छ । यसको उचाइ ८,८४८.८६ मिटर अग्लो छ। यसकाे वरिपरि पनि अरू अग्ला अग्ला हिमालहरू छन् । सगरमाथालाई माउन्ट एभरेष्ट पनि भनिन्छ। सागरमाथा चढ्नु  कठिन कार्य हो तर पनि मानिसहरू सगरमाथा चढ्छन् । सगरमाथा चढ्ने पहिलो व्यक्ति  तेन्जिङ नोर्गे शेर्पा र एड्मन्ड हिलारी हुन् । त्यसैगरी सागरमाथा चढ्ने पहिलो महिला पासाङ ल्हामु शेर्पा हुन् । 

बर्षै पिच्छे सगरमाथा चढ्न धेरै विदेशी पर्यटकहरू पनि आउँछन् भने नेपालीहरू पनि विदेशीहरूसँग सगरमाथा  आरोहण गर्छन् ।  यति टाढाबाट हेर्दा त धेरै सुन्दर लाग्ने  सगरमाथा नजिकै गर्दा कति राम्रो होला हामीलाई अनुमान गर्न पनि कठिन छ ।  सगरमाथाको आधार शिविर नाम्चेबजार हो  ।  सगरमाथा चढ्नुभन्दा पहिले पर्यटकहरू नाम्चे बजारमा पुग्दछन् ।  सगरमाथा हाम्रो देशको शान हो र पहिचान पनि हो ।  विश्वका मानिसहरूले हाम्रो देशलाई सगरमाथाको देश भनेर चिन्छन् ।  त्यसैले सगरमाथाले गर्दा हाम्रो देश नेपालको नाम उच्च रहन पुगेको छ ।