Logo

Student Corner

मेराे सिरानी

Written by: Aadhya Shri Poudel - 30001, Grade IV

Posted on: 17 January, 2022

मेराे नाम सरिज्ञा हाे । म एउटा सिरानी हुँ । मेराे ठुलाे परिवार छ । अनगिन्ति कपासका कणहरू मेरा परिवार हुन् । मेरा धेरै भाइबहिनीहरू छन् । ती सबै अर्का सिरानीमा बस्छन् । मेरा आफन्तहरू पनि अर्काे सिरानीमा बस्छन् । मलाई  मेरा छिमेकीहरू पनि असाध्यै मन पर्दथ्याे । 
एकदिनकाे कुरा हाे , हाम्रा छिमेकी साथीहरू सिरानी साह्राे भयाे भनेर मालिकले फालिदिनुभयाे । त्यसपछि हामी सबै जना दुःखी भयाैँ । मालिकलाई  हामीहरूलाई  सुकाएर पिटेपछि नयाँ जस्तै बन्छाैँ भन्ने कुरा थाहा नै रहेनछ । अनि नया साथी सिरानी लिएर आउनुभयाे । एकदिन मालिककाे घरमा धेरै जना पाहुना आउनुभयाे । सबैजनालाई  सुत्ने बेलामा सिरानी पुगेन । मालिक्नीले मैले पुराना सिरानी नफाल्नु भन्दाभन्दै फालिदिनुभयाे, अब कसरि पुर्याउनु मैले ? भन्दै मालिकसँग दुःख पाेखिन् । याे कुरा घरमा आएका पाहुनाले पनि सुने । तीमध्ये एक जनाले मालिकलाई  सम्झाए र भने , हेर्नुहाेस घरमा पुराना सामान भए भन्दैमा यसरी फालिहाल्नु हुँदैन , बरू कसरी मर्मत गरेर चलाउने भन्ने साेँच्नुपर्छ । यदि मर्मत गरेर काम चलायाैँ भने नयाँ जति महङ्गाे पनि हुँदैन फेरि नयाँ जति नै काम दिने गर्छ । यति कुरा सुनेपछि मालिकलाई  सिरानी फालेकामा पछुताे लाग्याे अनि अब कहिल्यै सामान पुराना भए भन्दैमा नफाल्ने र फेरि मर्मत गरी नयाँ बनाएर प्रयाेग गर्ने छु भने । याे सुनेर अब हामी सबै साथीहरू र आफन्त कहिल्यै छुट्न नपर्ने भयाे भनेर खुसी भयाैँ । त्यस दिन चाहिँ हामी एउटा सिरानीमा दुई जनाका दरले प्रयाेग गर्नुभयाे तर पनि हामी दुःखी भएनाैँ ।