Logo

Student Corner

मेराे विद्यालय

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 19 January, 2022

मेरो विद्यालयको नाम सिफल माध्यमिक विद्यालय हो l मेरो विद्यालय पशुपति नजिकै सिफलमा छ । मेरो विद्यालयमा कक्षा १ देखी १२ सम्म पढाइ  हुन्छ । यो ठुलाे छ । मेरो विद्यालयमा फूलबारी छ ।   वरिपरि रुखहरु पनि छन् । बास्केटबल खेल्ने ठाँउ छ,  अरु खेलहरु खेल्न ठाँउ पनि छन् । हाम्रो विद्यालयमा पढ्इको साथै अरु धेरै क्रियाकलाप हरु हुन्छन् ।  जस्तैः योगा, चित्रकला, ड्रामा, तैक्वान्दाे आदि । मेरो विद्यालयमा संस्कृत पनि पढाइ हुन्छ । यहाँ  धेरै  शिक्षक र शिक्षिका हुनुहुन्छ ।सबै शिक्षक र शिक्षिकाहरू अनुभवी हुनुहुन्छ । सबैले माया गरेर पढाउनुहुन्छ । विद्यालय बन्द भएकाे बेलामा हामीलाई चाँडै खुले हुन्थ्या झैँ लाग्छ ।  हाम्रो  विद्यालयमा   कक्षाकोठाहरुको  नाम हिमालहरुकै नामबाट राखीएको छ ।  जस्तै सगरमाथा, मनास्लु,माछापुच्छ्रे , अन्नपूर्ण , लाङटाङ , मकालु  ,धवलागिरी, चाेयु, कञ्नजङ्घा,लोस्से आदि । म   कक्षा ४ मा पढछु  । मेरो कक्षाकोठा नाम लाङटाङ हो। मेरो  विद्यालय धेरै रमाइलो छ । मलाई  असाध्यै मन पर्छ ।