Logo

Student Corner

Articles

हाजिरी जवाफ प्रतियोगिता
- Sambid Dhakal - 30028, Grade ... 17 June, 2022

 हाम्रो विद्यालयमा धेरै किसिमका प्रतियोगिताहरू हुन्छन्। तीमध्ये हाजिरी जवाफ प्रतियोगिता पनि एक हो। याे प्रतियाेगिता प्रत्येक महिना हुन्छ। यस पटक जेठ महिनाकाे  १८ गते भएको थियो। यस कार्यक्रमलाई  युक्ता गुरुआमाले सञ्चालन गर्नुभएको थियो।  हामीले  एउटा प्रश्नलाई ३० सेकेण्डमा भन्नुपर्ने हुन्थ्यो।  पहिलो खेलमा ए समूहले  जित्यो ।  म  समूह वि मा  थिएँ । हाम्रा समूहका साथीहरू  सम्पन्न,  साेहम  र श्रेयसा लगायतका साथीहरू थियाैँ । समय बित्दै गयो।  चारवटा प्रश्नपछि टिनीनीनीनीनीनीनी बेल बज्यो । हामीलाई निकै भोक लागेकाले दगुरादगुर गर्न खोज्याैँ तर युक्ता गुरुआमाले  हामीलाई किन त्यसरी  दौडेको भनेर सम्झाउनु भयो ।  त्यसपछि हामी पङ्क्ति बनाएर गयाैँ।  त्यतिबेला समूह ए,बि र इ  बराबर अङ्कमा थिए।  मेरो समूह   जित्छ  कि भनेर उत्सुकता बढ्यो ।  खाना खाएपछि  कार्यक्रम सुरु भयो। हाम्राे समूहले ६० मा ५० अङ्क पाएर  हाम्रो समूह प्रथम भयो । त्यसपछि हामी केही रमाइला भिडियो हेरेर  कक्षा कोठामा गयाैँ। यस कार्यक्रमले हामी सबैकाे स्मरण शक्ति र बाैद्धिक शक्ति बढ्दै गएकाे छ । कार्यक्रम अत्यन्त रमाइलाे हुन्छ र हाम्रा ज्ञानकाे तह पनि बढ्दै जान्छ । याे हाजिरीजवाफ कार्यक्रम नियमित रूपमा हाेस् भन्ने हामी सबैकाे चाहना रहेकाे छ ।


Read More
कथा समीक्षाः गैँडाकाे खाग
- Shubha Shree Malla - 31030, G ... 16 June, 2022

‘साझा पृथ्वी’ भन्ने पुस्तकभित्र रहेको गैँडाको खाग भन्ने कथा निकै रमाइलो र ज्ञानवर्धक कथा हो । ‘साझा पृथ्वी’ भन्ने पुस्तक मदनकृष्ण श्रेष्ठ ज्यूले लेख्नु भएको हो ।

कथावस्तु

यस कथामा गृष्मा र राजेन्द्र दौडिँदै हजुरबुबा भएको ठाउँमा आउँछन् । हजुरबुबाले दौडिएको कारण सोध्नुहुन्छ । उनीहरूले हजुरबुबालाई भन्छन् “एक जना नचिनेको मान्छेले आफूहरूलाई एउटा पोको राख्न दिएको छ ।” हजुरबुबाले पनि “त्यसरी अर्काले दिएको कुरा लिनुहुँदैन, यसलाई त पुलिस चौकीमा लगेर बुझाउनुपर्छ”, भन्नुहुन्छ र सबैजना पुलिस थानामा जाने निधो गर्छन् र सबैजना जान्छन् ।

पात्रहरू

यस कथामा असल पात्रको रूपमा हजुरबा गृष्मा र राजेन्द्रलाई लिएको छ । उनीहरूले जङ्गली जनावर मार्नुहुँदैन । यो काम नराम्रो हाे भनेर पुलिसलाई गैँडाको खागकाे बारेमा जानकारी  दिन्छन् र यस कथामा खराब पात्रको रूपमा भीमबहादुरलाई लिएको छ । भीमबहादुरले जनावरहरू मारेर त्यसबाट पैसा कमाउने गरेका छन् ।

परिवेश

यस कथाकको परिवेश  गाउँघर वरपरको दृश्य देख्न सकिन्छ । बाटोघाटाे हुँदै सबैजना पुलिस थानामा पुगेको देखिन्छ ।

सिफारिसम यो पुस्तक पढ्नका लागि सिफारिस गर्छु किनभने यो पुस्तकमा थुप्रै रमाइला कथाहरू छन् । कथाहरूबाट धेरै राम्रा र नयाँ कुराहरू सिक्ने मौका पाइन्छ । जनावरहरूलाई मार्ने होइन उनीहरूलाई संरक्षण चाहिन्छ भन्ने कुराले गर्दा यो कथा उत्कृष्ट रहेकाे छ । 


Read More
हाम्रा राष्ट्रिय प्रतीकहरू
- Snigdha Chaudhary - 30047, Gr ... 15 June, 2022

हाम्रो राष्ट्रिय फूल लालीगुराँस हाे । लालीगुराँसलाई अङ्ग्रेजीमा ह्राेडाेडेन्ड्रन भनिन्छ । लालिगुँरासहरू  सेतो, रातो र गुलाबी हुन्छन् । याे फूल एसिया, उत्तर अमेरिका  र युरोप मा पनि  पाइन्छ । नेपालको पहाडतिर भने प्रसस्तै पाइन्छ ।हाम्रो राष्ट्रिय जनावर गाई हो । हामी गाईलाई  लक्ष्मी माता भनेर मान्छाैं । हामी गाईलाई पूजा गर्छाैं किनकि गाईले हामीलाई जीवनयापनकाे चिज दिन्छ ।  हामीले गाईकाे मासु  खानु  हुँदैन । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्राे राष्ट्रिय चरा डाँफे हाे । याे नेपालकाे हिमाल र पहाडमा पाइन्छ । नेपालकाे राष्ट्रिय हतियार खुकुरी हाे । सिरुपाते भाेजपुरे खुकुरीलाई  राष्ट्रिय खुकुरीले चिनिन्छ ।नेपालकाे राष्ट्रिय पाेसाक दाैरा-सुरुवाल हाे । 


Read More
Bad Behaviour
- Sambid Dhakal - 30028, Grade ... 14 June, 2022

Once upon a time, there was a boy named Ramesh. He was so rude to everybody, but his father and mother were very good people. Ramesh usually did not do his homework. He always used to play video games. He also used to disrespect his parents and other people. His parents were upset because of his bad behavior. One day, Ramesh was playing video games on his laptop like any other day. After some time, he felt bored. He did not want to play games anymore; he wanted to go outside. He told his parents to go outside many times, but they were busy with household work. Then he got so angry and banged on the door many times, and by mistake, the door got locked. Then Ramesh got locked inside the room. He tried many times, but the door would not open. He panicked and started to cry. He cried and cried for a long time. His parents tried to open the door but could not open it. Then the father hurried and went to call the carpenter. The carpenter was not available at that time, so the father had to wait 2 hours for the carpenter. So they reached home after 3 hours. Ramesh was still crying and asking his parents for help. Then, at last, the carpenter opened the door. When Ramesh was rescued after five hours, he realized he should not be angry and apologized to his parents and thanked the carpenter. After that incident, he became a good person. He did his regular homework. He respected everybody. He treated every person equally. He got many degrees in education and sports and made his parents proud.


Read More
मार्कर
- Drishya Pudasaini - 31041, Gr ... 14 June, 2022

‘मार्कर’ भनेको एउटा लेख्ने कलम हाे ।मार्करभित्र मसी हुन्छ र त्यस मसीको सहायताले सेतोपाटीमा लेख्न सकिन्छ । मार्कर गुरुआमा तथा गुरुले विद्यालयमा प्रयोग गर्नुहुन्छ । मार्करभित्र विभिन्नथरिका मसी प्रयोग गर्न सकिन्छ । मार्कर पसल पसलमा किन्न पाइन्छ । मार्कर जापानको टोकियो स्टेशनरीका युकियो होरी नामका व्यक्तिले आविष्कार गरेका हुन् । मार्करलाई चित्र बनाउन पनि प्रयोग गरिन्छ । मार्करको मसी पटक-पटक फेर्न सकिन्छ । मार्कर लोकप्रिय लेख्ने सामग्री हो । सेतोपाटीमा मार्करले लेख्दा विद्यार्थीहरूले राम्रोसँग र  स्पष्टसँग अक्षर बुझ्न सक्छन् ।


Read More
भक्तपुर यात्रा
- Sambhavya Pandey - 30027, Gra ... 13 June, 2022

पहिलो पटक म भक्तपुर यही  हप्ता  छुट्टिमा गएको थिएँ । मलाई  भक्तपुर  रमाइलो ,राम्रो र सफा लाग्यो ।  बाबा, मामु र म घुम्न गयेको थियौं । मेरो  बाबाको साथीले हामीलाई सबै ठाउँ घुमाइदिनुभयो । काकाको घर भक्तपुर दरवार क्षेत्रमा रहेछ । भक्तपुर  सारै  सफा र  बाटो पनि जताततै  ढुङ्गा छापेको रहेछ । भक्तपुरको  धेरै घरहरुको ढोका र  झ्यालहरुमा कत्ति राम्रो  बुटाहरू  बनाएको हुँदो रहेछ । भक्तपुर  दरबार स्क्वायर क्षेत्रमा मैले  फोहाेर  प्लास्टिक कतै पनि देखिन । काठमाडौंमा कति  फोहोर  छ । भक्तपुर  कति सफा छ । म  भक्तपुर  दरबार स्क्वायर क्षेत्रमा पाँचतले  मन्दिर घुमे । पाँचतले मन्दिरलाई  नाथपोल  मन्दिर  पनि  भनिदो रहेछ । मन्दिरको अगाडि  छेउछाउमा दुबैतिर  हात्तीको मूर्ति  त्यो भन्दा पछी सिंहको मूर्ति  रहेछ । मन्दिरको माथि ढोकामा ठुलो ताल्चा थियो  मैले अहिलेसम्म त्यस्ताे ताल्चा देखको थिइनँ । त्यस ताल्चालाई  भोटे ताल्चा भनिदो रहेछ । मन्दिरको सिँढी ठाडो रहेछ । तल ओर्लने  बेलामा त डर नै लाग्यो । पाँचतले मन्दिर  वरिपरि घुमेपछी  हामी दत्तात्रयको मन्दिरतिर गयौँ । यो मन्दिर  पनि  कति ठुलो रहेछ । यो मन्दिर चाहिँ  ब्रम्हा , बिष्णु  र महेश्वरको तीन वटाको एकै रुप नै दत्तात्रयको रुप रहेछ ।  भक्तपुरमा कत्ति धेरै  पोखरी र इनारहरू पनि  रहेछन् । भक्तपुरमा चोैक चाैकमा जता पनि  इनारहरू रहेछन् । त्यस पछी हामी  पचपन्न झाले  दरबारतिर  गयौं ।  पचपन्न झाले दरबारको झ्याल काठैकाठको रहेछ ।  तलेजु  भवानी मन्दिर भित्र गयौं ।  यो मन्दिर  भित्र  फोटो खिच्न, झाेला, माेबाइल लिएर जान  जुत्ता चप्पल  लगाएर जान  नपाइने रहेछ । तलेजु मन्दिर भित्र दुईवटा पोखरी  पनि रहेछ। एउटा  पोखरीमा त कति राम्रो ढुङ्गे धारा पनि रहेछ। त्यसपछी बाहिर आयौं । कति मन्दिरहरू भूकम्पले भत्किएका अझै बनिसकेका रहेनछन् । त्यसपछि हामी सिद्धपोखरी पनि गयौं सिद्धपोखरी कत्ति  ठुलो रहेछ । सिद्ध पाेखरीमा धेरै  माछाहरू रहेछन् । भक्तपुरको जु जु धौ एकदमै  मिठो  लाग्यो । भक्तपुरमा  माटाका भाँडाहरू पनि बनाउँदा रहेछन् । मलाई भक्तपुर असाध्यै राम्रो लाग्यो ।


Read More
पालुङ यात्रा
- Krizan Rajbanshi - 31011, Gra ... 10 June, 2022

म मेराे परीक्षा सकिएपछि पालुङ गएकाे थिएँ । पालुङ मेरी आमाकाे मामाघर हाे । म, मेरी आमा र हजुरआमा बिहान ११ बजेकाे गाडीमा चढेर पालुङकाे बाटाे लाग्याैँ । बाटामा मैले पहाड, जङ्‍गल र जङ्‍गलमा लालीगुराँस फुलिरहेकाे देखेँ । बाटामा मैले साना साना केटाकेटीहरूले काेइराला र काफल बेचिरहेका देखेँ । तीन घण्टाकाे यात्रापछि हामी पालुङ पुग्याैँ । त्यहाँ पुगेपछि खाजा खाएर आराम गर्‍याैँ । भाेलिपल्ट बिहानै पाण्डुकेश्‍वर मन्दिरमा लाखबत्ती बाल्ने भएकाले चाँडै उठेर मन्दिर जान तयार भयाैँ । मन्दिर पुगेर भगवानकाे दर्शन गरेपछि लाखबत्ती बाल्ने पूजा सुरु भयाे । पूजा सकिन धेरै समय लाग्‍ने भएकाले म र मेरी आमा मन्दिर वरिपरि डाँडैडाँडाले घेरिएकाे ठाउँमा घुम्याैँ । त्यहाँ खाेला पनि भएकाले मलाई रमाइलाे लागिरहेकाे थियाे । त्यहाँकाे खेतबारीहरूमा आलु राेपेकाे भएर हरियाली देखिएकाे थियाे । एकछिनपछि पूजा पनि सकियाे अनि हामी प्रसाद खाएर घर फर्कियाैँ ।


Read More
कुमारी
- Snigdha Chaudhary - 30047, Gr ... 09 June, 2022

नेपालमा कुमारीहरूलाई साक्षात् देवीका रुपमा पूजा गरिन्छ । पाँच सात वर्षका कन्या कुमारीलाई पूजा गर्नाले मानिसकाे मनाेकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहँदै आएकाे छ । विशेष गरेर याे प्रथा  काठमाण्डाैंमा अत्यधिक रहेकाे छ । काडमाण्डाैं, ललितपुर र भक्तपुरमा कुमारी देवीका मन्दिरहरू धेरै पाइन्छन् । नेवारी समुदायमा कुमारी देवीकाे पूजा गर्ने परम्परा अझ बढी देखिन्छ । ती कन्या कुमारीलाई समय-समयमा यात्राका रुपमा निकालेर राम्राे खालकाे नाच गानमा पनि सरिक गराउँदछन् । हेर्नका लागि मानिसकाे घुइँचाे लाग्ने गर्दछ । हाम्राे देश नेपालकाे सबैभन्दा सराहनीय पक्ष नै विविध उत्सव र जात्राले भरिएकाे छ र त पर्यटकहरू घुम्न आउने गर्छन् ।


Read More