Logo

Student Corner

कुमारी

Written by: Snigdha Chaudhary - 30047, Grade V

Posted on: 09 June, 2022

नेपालमा कुमारीहरूलाई साक्षात् देवीका रुपमा पूजा गरिन्छ । पाँच सात वर्षका कन्या कुमारीलाई पूजा गर्नाले मानिसकाे मनाेकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहँदै आएकाे छ । विशेष गरेर याे प्रथा  काठमाण्डाैंमा अत्यधिक रहेकाे छ । काडमाण्डाैं, ललितपुर र भक्तपुरमा कुमारी देवीका मन्दिरहरू धेरै पाइन्छन् । नेवारी समुदायमा कुमारी देवीकाे पूजा गर्ने परम्परा अझ बढी देखिन्छ । ती कन्या कुमारीलाई समय-समयमा यात्राका रुपमा निकालेर राम्राे खालकाे नाच गानमा पनि सरिक गराउँदछन् । हेर्नका लागि मानिसकाे घुइँचाे लाग्ने गर्दछ । हाम्राे देश नेपालकाे सबैभन्दा सराहनीय पक्ष नै विविध उत्सव र जात्राले भरिएकाे छ र त पर्यटकहरू घुम्न आउने गर्छन् ।