Logo

Student Corner

हाजिरी जवाफ प्रतियोगिता

Written by: Sambid Dhakal - 30028, Grade V

Posted on: 17 June, 2022

 हाम्रो विद्यालयमा धेरै किसिमका प्रतियोगिताहरू हुन्छन्। तीमध्ये हाजिरी जवाफ प्रतियोगिता पनि एक हो। याे प्रतियाेगिता प्रत्येक महिना हुन्छ। यस पटक जेठ महिनाकाे  १८ गते भएको थियो। यस कार्यक्रमलाई  युक्ता गुरुआमाले सञ्चालन गर्नुभएको थियो।  हामीले  एउटा प्रश्नलाई ३० सेकेण्डमा भन्नुपर्ने हुन्थ्यो।  पहिलो खेलमा ए समूहले  जित्यो ।  म  समूह वि मा  थिएँ । हाम्रा समूहका साथीहरू  सम्पन्न,  साेहम  र श्रेयसा लगायतका साथीहरू थियाैँ । समय बित्दै गयो।  चारवटा प्रश्नपछि टिनीनीनीनीनीनीनी बेल बज्यो । हामीलाई निकै भोक लागेकाले दगुरादगुर गर्न खोज्याैँ तर युक्ता गुरुआमाले  हामीलाई किन त्यसरी  दौडेको भनेर सम्झाउनु भयो ।  त्यसपछि हामी पङ्क्ति बनाएर गयाैँ।  त्यतिबेला समूह ए,बि र इ  बराबर अङ्कमा थिए।  मेरो समूह   जित्छ  कि भनेर उत्सुकता बढ्यो ।  खाना खाएपछि  कार्यक्रम सुरु भयो। हाम्राे समूहले ६० मा ५० अङ्क पाएर  हाम्रो समूह प्रथम भयो । त्यसपछि हामी केही रमाइला भिडियो हेरेर  कक्षा कोठामा गयाैँ। यस कार्यक्रमले हामी सबैकाे स्मरण शक्ति र बाैद्धिक शक्ति बढ्दै गएकाे छ । कार्यक्रम अत्यन्त रमाइलाे हुन्छ र हाम्रा ज्ञानकाे तह पनि बढ्दै जान्छ । याे हाजिरीजवाफ कार्यक्रम नियमित रूपमा हाेस् भन्ने हामी सबैकाे चाहना रहेकाे छ ।