Logo

Student Corner

पालुङ यात्रा

Written by: Krizan Rajbanshi - 31011, Grade IV

Posted on: 10 June, 2022

म मेराे परीक्षा सकिएपछि पालुङ गएकाे थिएँ । पालुङ मेरी आमाकाे मामाघर हाे । म, मेरी आमा र हजुरआमा बिहान ११ बजेकाे गाडीमा चढेर पालुङकाे बाटाे लाग्याैँ । बाटामा मैले पहाड, जङ्‍गल र जङ्‍गलमा लालीगुराँस फुलिरहेकाे देखेँ । बाटामा मैले साना साना केटाकेटीहरूले काेइराला र काफल बेचिरहेका देखेँ । तीन घण्टाकाे यात्रापछि हामी पालुङ पुग्याैँ । त्यहाँ पुगेपछि खाजा खाएर आराम गर्‍याैँ । भाेलिपल्ट बिहानै पाण्डुकेश्‍वर मन्दिरमा लाखबत्ती बाल्ने भएकाले चाँडै उठेर मन्दिर जान तयार भयाैँ । मन्दिर पुगेर भगवानकाे दर्शन गरेपछि लाखबत्ती बाल्ने पूजा सुरु भयाे । पूजा सकिन धेरै समय लाग्‍ने भएकाले म र मेरी आमा मन्दिर वरिपरि डाँडैडाँडाले घेरिएकाे ठाउँमा घुम्याैँ । त्यहाँ खाेला पनि भएकाले मलाई रमाइलाे लागिरहेकाे थियाे । त्यहाँकाे खेतबारीहरूमा आलु राेपेकाे भएर हरियाली देखिएकाे थियाे । एकछिनपछि पूजा पनि सकियाे अनि हामी प्रसाद खाएर घर फर्कियाैँ ।