Logo

Student Corner

हाम्रा राष्ट्रिय प्रतीकहरू

Written by: Snigdha Chaudhary - 30047, Grade V

Posted on: 15 June, 2022

हाम्रो राष्ट्रिय फूल लालीगुराँस हाे । लालीगुराँसलाई अङ्ग्रेजीमा ह्राेडाेडेन्ड्रन भनिन्छ । लालिगुँरासहरू  सेतो, रातो र गुलाबी हुन्छन् । याे फूल एसिया, उत्तर अमेरिका  र युरोप मा पनि  पाइन्छ । नेपालको पहाडतिर भने प्रसस्तै पाइन्छ ।हाम्रो राष्ट्रिय जनावर गाई हो । हामी गाईलाई  लक्ष्मी माता भनेर मान्छाैं । हामी गाईलाई पूजा गर्छाैं किनकि गाईले हामीलाई जीवनयापनकाे चिज दिन्छ ।  हामीले गाईकाे मासु  खानु  हुँदैन । हाम्रो राष्ट्रिय रङ सिम्रिक हो । हाम्राे राष्ट्रिय चरा डाँफे हाे । याे नेपालकाे हिमाल र पहाडमा पाइन्छ । नेपालकाे राष्ट्रिय हतियार खुकुरी हाे । सिरुपाते भाेजपुरे खुकुरीलाई  राष्ट्रिय खुकुरीले चिनिन्छ ।नेपालकाे राष्ट्रिय पाेसाक दाैरा-सुरुवाल हाे ।