Logo

Student Corner

भक्तपुर यात्रा

Written by: Sambhavya Pandey - 30027, Grade V

Posted on: 13 June, 2022

पहिलो पटक म भक्तपुर यही  हप्ता  छुट्टिमा गएको थिएँ । मलाई  भक्तपुर  रमाइलो ,राम्रो र सफा लाग्यो ।  बाबा, मामु र म घुम्न गयेको थियौं । मेरो  बाबाको साथीले हामीलाई सबै ठाउँ घुमाइदिनुभयो । काकाको घर भक्तपुर दरवार क्षेत्रमा रहेछ । भक्तपुर  सारै  सफा र  बाटो पनि जताततै  ढुङ्गा छापेको रहेछ । भक्तपुरको  धेरै घरहरुको ढोका र  झ्यालहरुमा कत्ति राम्रो  बुटाहरू  बनाएको हुँदो रहेछ । भक्तपुर  दरबार स्क्वायर क्षेत्रमा मैले  फोहाेर  प्लास्टिक कतै पनि देखिन । काठमाडौंमा कति  फोहोर  छ । भक्तपुर  कति सफा छ । म  भक्तपुर  दरबार स्क्वायर क्षेत्रमा पाँचतले  मन्दिर घुमे । पाँचतले मन्दिरलाई  नाथपोल  मन्दिर  पनि  भनिदो रहेछ । मन्दिरको अगाडि  छेउछाउमा दुबैतिर  हात्तीको मूर्ति  त्यो भन्दा पछी सिंहको मूर्ति  रहेछ । मन्दिरको माथि ढोकामा ठुलो ताल्चा थियो  मैले अहिलेसम्म त्यस्ताे ताल्चा देखको थिइनँ । त्यस ताल्चालाई  भोटे ताल्चा भनिदो रहेछ । मन्दिरको सिँढी ठाडो रहेछ । तल ओर्लने  बेलामा त डर नै लाग्यो । पाँचतले मन्दिर  वरिपरि घुमेपछी  हामी दत्तात्रयको मन्दिरतिर गयौँ । यो मन्दिर  पनि  कति ठुलो रहेछ । यो मन्दिर चाहिँ  ब्रम्हा , बिष्णु  र महेश्वरको तीन वटाको एकै रुप नै दत्तात्रयको रुप रहेछ ।  भक्तपुरमा कत्ति धेरै  पोखरी र इनारहरू पनि  रहेछन् । भक्तपुरमा चोैक चाैकमा जता पनि  इनारहरू रहेछन् । त्यस पछी हामी  पचपन्न झाले  दरबारतिर  गयौं ।  पचपन्न झाले दरबारको झ्याल काठैकाठको रहेछ ।  तलेजु  भवानी मन्दिर भित्र गयौं ।  यो मन्दिर  भित्र  फोटो खिच्न, झाेला, माेबाइल लिएर जान  जुत्ता चप्पल  लगाएर जान  नपाइने रहेछ । तलेजु मन्दिर भित्र दुईवटा पोखरी  पनि रहेछ। एउटा  पोखरीमा त कति राम्रो ढुङ्गे धारा पनि रहेछ। त्यसपछी बाहिर आयौं । कति मन्दिरहरू भूकम्पले भत्किएका अझै बनिसकेका रहेनछन् । त्यसपछि हामी सिद्धपोखरी पनि गयौं सिद्धपोखरी कत्ति  ठुलो रहेछ । सिद्ध पाेखरीमा धेरै  माछाहरू रहेछन् । भक्तपुरको जु जु धौ एकदमै  मिठो  लाग्यो । भक्तपुरमा  माटाका भाँडाहरू पनि बनाउँदा रहेछन् । मलाई भक्तपुर असाध्यै राम्रो लाग्यो ।