Logo

Student Corner

कागज

Written by: Medhansh Rana - 31013, Grade IV

Posted on: 26 July, 2022

कागज विद्यार्थीहरूका लागि अत्यन्तै उपयोगी वस्तु हो । कागजबिना हामीहरू पढ्न लेख्न सक्दैनाैँ । कागज पातलाे र लचिलाे हुन्छ । कागजबाट कापी, किताब, बाकस, पत्रिका आदि कुराहरू बनाउन सकिन्छ । हामी विद्यार्थीहरूले पढ्ने कुराहरू कागजबाट नै तयार हुन्छ । कागजकाे प्रयोग अन्य सामाग्री बनाउन पनि गरिन्छ जस्तैः खेलाैना, भाँडाकुँडा आदि । कागजलाई पुन प्रयोग गर्न सकिन्छ ।  कागज वातावरणका लागि पनि राम्रो हाे । यसले वातावरण प्रदूषण गर्दैन ।  कागज मानिसलाई चाहिने महत्त्वपूर्ण वस्तु भएकाे छ । कागज रुखका पात, काठ, पराल आदिबाट बन्दछ ।