Logo

Student Corner

कक्षा चारको मेरो पहिलो दिन

Written by: Praneesha Shrestha - 31017, Grade IV

Posted on: 22 July, 2022

 कक्षा चारकाे मेरो पहिलो दिनको याद मलाई आइरहन्छ । मेराे विद्यालय २०७९ वैशाख १४ गते खुलेकाे थियाे । पहिलोचोटि कक्षा चारमा विद्यालय जाँदा कुन कक्षामा बस्ने हाे ?  कुन बाटाे जाने हो ? मलाई केही पनि थाहा थिएन तर म विद्यालय पुगेपछि मेरा केही साथीहरूले मलाई मेरो कक्षाकोठा देखाउन मद्दत गरे । हामीले शान्ति मन्त्र र राष्ट्रियगाना गायौँ गुरुआमाले हामीलाई सबै विषयका कापी  दिनुभयो । हामीले दिउँसोको खाजा आफैँ राख्न पायाैँ किनभने हामी चार कक्षामा पुगिसकेका थियौँ । हामी प्राथमिक ( इलिमेन्ट्री ) स्कुलमा सबैभन्दा ठुलो कक्षा पढ्ने विद्यार्थी भएका थियौँ । मेरो कक्षा शिक्षिकाको नाम सुनिता महर्जन हो । हाम्रो झोला त्यसदिन धेरै नै भारी भएको थियो किनभने हामीले विद्यालमा सबै विषयका नयाँ कापी र कलम पाएका थियौँ । हामीले आफ्नो रुटकाे बसमा चढ्नका लागि लाइन बनाएर पनि बस्यौँ । हामीलाई रुट नम्बर ७ को लाइनमा बस्नका लागि शिक्षकवर्गले सहयोग गर्नुभयो र बेलुका गाडी चढेर म घर आएँ ।