Logo

Student Corner

मेरो प्यारो सुगा

Written by: Aadhya Dhungana - 33001, Grade II

Posted on: 15 December, 2022

मेरो घरमा एउटा सुगा छ । त्यसको नाम पट्टु हो । पट्टुलाई दानाहरू खान मन पर्छ । पट्टु हरियो रङको छ । उसका आँखा साना छन् । उसकाे चुच्चाे राताे छ र खुट्टामा नङ्ग्रा पनि छन् । पट्टुले मलाई माया गर्छ । म पनि पट्टुलाई माया गर्छु । म पट्टुलाई बोल्न सिकाउँछु । पट्टु बोल्न सिक्दा मक्ख पर्छ । पट्टुका जिउमा पखेटा छन् ।पट्टु पिँजडाभित्र बस्छ ।