Logo

Student Corner

पासाङ ल्हामु शेर्पा

Written by: Pranik K.C - 33025, Grade II

Posted on: 13 December, 2022

पासाङ ल्हामु शेर्पा नेपालको प्रथम महिला पर्वतारोही हुन् । उनको जन्म वि.सं २०१८ मङ्सिर २५ गते लुक्ला सोलुखुम्बुमा भएको थियो । उनको विवाह सोनाम छिरिङ शेर्पासँग भएको थियो । उनका दुई छोरीहरू र एक छोरा थिए । उनलाई सानैदेखि हिमाल चढ्न मन लाग्थ्यो । उनले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरिन् । सगरमाथा चढेर फर्कने क्रममा हिउँले पुरिएर उनको मृत्यु भएको थियो । उनलाई नेपाल तारा बाट विभूषित गरियो । उनको तस्बिरलाई  हुलाक टिकट बनाएर प्रचलनमा ल्याइयो । उनलाई नेपाल सरकारबाट राष्ट्रिय विभूति घोषित पनि गरिएकाे छ ।