Logo

Student Corner

मेरो परिवार

Written by: Yug Shrestha - 33034, Grade III

Posted on: 07 June, 2023

मेरो नाम युग श्रेष्ठ हो । म सिफल स्कुलमा कक्षा तीनमा पढ्छु । म सात वर्षको भएँ । मलाई पिज्जा खान मन पर्छ । मेरो परिवारमा तीनजना सदस्य हुनुहुन्छ । मेराे परिवारमा बाबा, ममी र म बस्छौँ । मेरो बुबाको नाम सञ्जय श्रेष्ठ हो । उहाँ बैंकर हुनुहुन्छ । उहाँ बैंकमा काम गर्नुहुन्छ । उहाँलाई समाेसा खान मन पर्छ । मेरी आमाको नाम लिजा श्रेष्ठ हाे । उहाँ मिठा मिठा खानेकुराहरू पकाउनुहुन्छ । उहाँ नृत्य शिक्षिका हुनुहुन्छ । हामी सँगै बसी घरमा लुडो खेल्छाैँ र अरु खेलहरू पनि खेल्छौँ । हामी एकअर्कालाई धेरै माया गर्छौँ ।