Logo

Student Corner

मेरो परिवार

Written by: Aayan Bhattarrai - 33037, Grade III

Posted on: 09 June, 2023

मेरो घरमा पाँचजना सदस्य हुनुहुन्छ । मेरो परिवारमा बुबा, आमा, दिदी, भाइ र म छाैँ । मेरो बुबाको नाम रामप्रसाद भट्टराई हो । उहाँ ३९ वर्षको हुनुहुन्छ । उहाँकाे बैंकमा जागिर छ । मेरी आमा ३६ वर्षकी हुनुहुन्छ । उहाँ पनि बैंकमा काम गर्नुहुन्छ । मेरी दिदी २३ वर्षकी हुनुभयाे । उहाँ विद्यार्थी हुनुहुन्छ । बुबा, आमा र दिदीले मलाई धेरै माया गर्नुहुन्छ । मेरो भाइ सानो छ । ऊ २० महिनाको मात्र भयो । ऊ धेरै चकचक गर्छ । ऊ मायालु पनि छ । म ठुलालाई आदर गर्छु । सानालाई माया गरेर आफ्ना नियमित कार्यहरू इमान्दारीका साथ गर्छु । मेरो परिवारको पनि यही मान्यता रहेको छ ।