Logo

Student Corner

सिंह र खरायो

Written by: Aarfa Shakya - 34003, Grade II

Posted on: 22 June, 2023

कुनै ठाउँमा एउटा जङ्गल थियो। जङ्गलको राजा सिंह थियो। सिंहले मनपरी ढंगले जनावर  मारेर खान्थ्यो। एकदिन सबै जनावर भेला भएर पालैपालो सिंहको आहारा हुन जाने सल्लाह भयो। यो कुरा सुनेर सिंह पनि खुसी भयो। जनावरहरू आ-आफ्नाे पालामा सिंहको आहारा हुन जान थाले। एकदिन खरायोको पालो आयो। सिंहको आहारा बन्न जाने नै हो भनेर खरायो ढिला गयाे। खरायो ढिला आएकोले सिंहलाई धेरै रिस उठ्यो। रिसाएको सिंहले किन ढिला आएको भनी साेध्याे। खरायोले भन्याे, “हजुर जस्तै सिंहले बाटाेमा  मलाई समायो। मलाई खान्छु भन्यो म हजुरलाई भेटेर आउँछु भनि आएकोले ढिला भयो।” सिंहले अझै रिसाउँदै अर्को सिंह कहाँ लैजान भन्यो ।खरायोले सिंहलाई बाटोमा एउटा इनार देखाएर अर्को सिंह भित्र लुकेर बसेको छ भन्यो। सिंहले यस भित्र हेर्दा अर्को सिंह देख्याे। सिंह आफ्नो छाया नचिनेर त्यसलाई मार्न इनारमा  हाम फाल्यो र डुब्यो। अरु जनावरहरूले खरायोलाई स्याबासी दिए ।