Logo

Student Corner

केरा उत्पादन प्रक्रिया

Written by: Aarambha Pant - 33003, Grade III

Posted on: 08 September, 2023

केरा फलाउनका लागि सबैभन्दा पहिला एउटा खाल्डो तयार पार्नुपर्छ । पाकेको गाेबरलाई त्यस खाल्डोमा हालेर माटो र गाेबरलाई मिसाउनुपर्छ । केराको बिरुवालाई खाल्डाेमा हालेर माटोले राम्ररी पुरेर रोप्नुपर्छ । बिस्तारै केराको बोट ठुलो हुँदै जान्छ । बोट ठुलो भएपछि फल लाग्न थाल्दछ । फलकाे  तल एक प्रकारको फूल फुल्छ जसलाई बुङ्गो भनिन्छ । त्यसलाई अचार बनाएर खान सकिन्छ । केरा नेपालको धेरैजसो ठाउँमा पाइन्छ। तराईमा धेरै केरा फल्दछ । केरा धेरै प्रकारका हुन्छन् । नपाकेकाे केरा हरियाे हुन्छ र खाँदा टर्राे हुन्छ । पाकेकाे केरा पहेँलाे हुन्छ र खाँदा मिठाे र गुलियाे हुन्छ ।