Logo

Student Corner

घरको खानेकुरा

Written by: Aarfa Shakya - 34003, Grade II

Posted on: 11 September, 2023

हामी स्वस्थ रहन घरको खाना नै खानुपर्छ । बजारको खानेकुरा भन्दा घरको खानेकुरा राम्राे हुन्छ । घरको खानेकुरा सफा र ताजा हुन्छ । घरको खानेकुराले हामीलाई बलियो र निरोगी बनाउँछ । घरको खानेकुरा मिठो पनि हुन्छ । घरको खानामा हामीले आफ्नो इच्छा अनुसार नुन,तेल र मसला राखेर चाहिने मात्रामा पकाउन सक्छौँ । बजारको खानेकुरा राम्रो देखाउन रङ्ग र मसला धेरै राखेको हुन्छ । त्यस्तो खानेकुराले हामीलाई बिमारी बनाउँछ । हामी बलियो र निरोगी हुन घरको खानेकुरा खानुपर्छ ।