Logo

Student Corner

फूलबारी

Written by: Ipsa Bajracharya - 2029014, Grade III

Posted on: 12 January, 2021

मेरो घर नजिकै एउटा फूलबारी छ । त्यस फूलबारीमा धेरै प्रकारका फूलहरू फुलेका छन् र त्यहाँ धेरै फूलका बोटहरू छन् । फूलका बोटहरूमा  रङ्गीचङ्गी फूलहरु फुल्दा फूलबारी धेरै राम्रो देखिन्छ । त्यस फूलबारीको रेखदेख गर्नका लागि दुई जना मानिसहरू आउँछन् । उनीहरूलाई माली भनिन्छ । उनीहरूले  फूलबारीमा आवश्यकता अनुसार सबै कामहरू गर्छन् । उनीहरूले फूलहरू रोप्ने,  फूलहरू गोडमेल गर्ने,  फूलमा पानी हाल्ने आदि काम गर्छन् । फूलबारीले पनि राम्राे स्याहारसुसार पाएकाे छ । त्यहाँ  राम्रा राम्रा फूलहरू फुलेका छन् । त्यस फूलबारी हेर्दा मलाई रमाइलो लाग्छ ।