Logo

Student Corner

बजार

Written by: Joyana Thapa - 2030015, Grade II

Posted on: 19 January, 2021

हामी सबैलाई बजारको बारेमा थाहा नै छ । हामीलाई चाहिने सामानहरू बेच्न र किन्न राखिएको ठाउँलाई हामी बजार भन्दछौँ । बजारमा विभिन्न वस्तुहरू जस्तै खानेकुरा साग, सब्जी, लुगा, कपडा, फलफूल आदि धेरै कुराहरू किन्न र बेच्न राखिएका हुन्छन् । किन्ने मानिसले त्यस बजारमा गएर आफूलाई चाहिने सामानहरू किन्छन् । बेच्ने मानिसहरूले पनि त्यस बजारमा सामानहरू बेचेर आम्दानी गर्छन् । सामान किन्ने र बेच्नेबाट मानिसहरूले आफ्ना आवश्यकता पूरा गर्छन् । बजार ठाउँअनुसार साना र ठूला हुन्छन् । सहरमा कुनै निश्चित ठाउँमा  सामानहरू सजिलै बेच्न र किन्न पाइन्छ । गाउँघरमा बजार हप्ताको एक दिन मात्र लाग्ने गर्दछ । त्यसलाई हाटबजार भन्दछन् । हाटबजारमा टाढा टाढाबाट मानिसहरूले आफूले उत्पादन गरेका अन्न, सागसब्जी, फलफूल आदि कुराहरु बेच्न ल्याउँछन् र अरू मानिसहरूले आवश्यकता पर्ने चिजहरू त्यस ठाउँमा गएर किन्छन् । हिजोआज ठुला ठुला सहरहरूमा ठुला डिपार्टमेन्ट  स्टोरहरू खुलेका छन् । त्यहाँ हरेक सरसामानहरू एउटै छानामुनि किन्न र बेच्न सकिन्छ ।