Logo

Student Corner

मेरो बिरालो

Written by: Nitika Kapali - 2029019, Grade III

Posted on: 25 January, 2021

मेरो घरमा एउटा बिरालो छ । बिरालोका दुईवटा आँखा र कान छन् । यसका चारवटा खुट्टा छन् । बिरालाका आँखा ठुला ठुला छन् । मेराे बिरालोकाे  नाम राेजी हाे । मैले नै यसको नाम राखिदिएकी हुँ । यसलाई मासुभात, खान मन पर्छ । यसलाई दूधभात पनि मन पर्छ । यस बिरालोको स्वभाव राम्रो छ । याे मेराे साथी जस्तै हो । मेराे वरिपरि घुमिरहन्छ । म बसेको ठाउँ, भान्सातिर आएर  लुटुपुटु पनि गर्छ । याे लुसुलुसु हिँड्छ । बिरालाको अनुहार हेर्दा याे सानो बाघ जस्तो देखिन्छ । मेरो छेउमा आएर सानो आवाजले म्याउँ म्याउँ गर्छ । यसले दूध पायो भने पनि खान्छ । बिरालाले मुसालाई पनि लखेट्छ । हाम्रो घरमा मुसालाई आउन दिँदैन । मेराे बिरालाे गुनिलो छ ।